सापकोटालाई सभामुख बनाउने सहमति

माघ ०५, २०७६  |  १०८ पटक पढिएको

साक्षी खबर, ०५ माघ, काठमाडौं/ आइतबार अपराह्न ४ बजे बोलाइएको आकस्मिक सचिवायको बैठकले सभामुखमा अग्नी प्रसाद सापकोटाको नाम अनुमोदन गर्ने तयारी छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘‘प्रचण्ड’बीच आइतबार बिहान भएको वार्तापछि आकस्मिक सचिवालयको बैठक बोलाइएको हो उक्त बैठकबाट स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटालाई सभामुख बनाउने सहमति जुटेको छ । दुवै अध्यक्षबीच बिहान बालुवाटारमा भएको करिब डेढ घण्टाको छलफलपछि सहमति जुटेको स्रोतले बताएको छ ।
नेकपाका वरिष्ठ नेता झलनाथ खनालले दुई अध्यक्षबीच भएको वार्तामा सापकोटलाई सभामुख बनाउने विषयमा सहमति भएको हुन सक्ने बताए । ‘दुई अध्यक्षले मात्र गर्ने निर्णय होइन,’ उनले भने, ‘बेलुका ४ बजे बस्ने सचिवायल बैठकले निर्णय गर्छ । सम्भवतः सभामुखको बारेमा आज टुंगो लाग्छ ।’

प्रतिनिधिसभाको बैठक सोमबार बोलाइएको छ । यस अघि सभामुख चयनका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक नेकपामा सहमति नजुट्दा तीन पटक स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार