जुरुक्क दाङबासीलाई उठाएर दशदिन तुलसीपुर ल्याउन आग्रह

माघ ०३, २०७६  |  २५० पटक पढिएको  |   साक्षी खबर

बालाराम खड्का
३ माघ , तुलसीपुर/

तुलसीपुरमा यहि माघ १० गते देखि सुरु हुन लागेको तुलसीपुर महोत्सवमा सक्रिय सहभागिताको व्यवस्थापन गर्न सन्चारकर्मिहरुलाइ आग्रह गरिएको छ । महोत्सवकै सन्दर्भमा तुलसीपुरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा महोत्सव आयोजक समितिका संयोजक तथा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विर वहादुर रावत९विरु०ले सन्चारकर्मिहरुलार्इ यस्तो आग्रह गर्नुभयो ।

‘हाम्रो यो पृथक खुराक सहितको दश दिने तुलसीपुर महोत्सवमा संपुर्ण दाङबासीलाइ उठाएर तुलसीपुरमा ल्याइदिनुहोला’—, पत्रकार सम्मेलनमा अध्यक्ष रावतले भन्नुभयो, किनकि यसलार्इ सफल बनाउन तपार्इ सन्चारकर्मिहरुको अहम भुमिकाको अपेक्षा गरेका छौं ।’ तुलसीपुर उद्योग वाणिज्य संघले लगाउन थालेको यो चौथो महोत्सव भएको भन्दै उहाँले यो महोत्सव पनि बहुआयामिक बृहत सभाहलको निर्माण पुरा गर्ने उदेश्य रहेको पनि बताइएको छ । पहिलो महोत्सवले तुलसीपुरको टरीगाउंस्थीत विमानस्थल सन्चालनमा योगदान पु¥याएको, दोस्रो महोत्सवले तुलसीपुर उद्योग वाणिज्य संघले एम्वुलेन्स खरीद गरेको, तेस्रो महोत्सवले दाता यज्ञवहादुर केसीले दिएको जग्गामा वहुआयामिक अत्याधुनिक सभाहल निमार्णकार्य अघि सारेको तथा यो महोत्सवले सोहि हलको निर्माण पुरा गर्ने लक्ष लिएको पनि पत्रकार सम्मेलनका अवसरमा बताइएको थियो ।

नेपाल भ्रमण बर्ष सन २०२० को दौरानमा नेपाल सरकारको योअभियानलाई सार्थक बनाउनु आफ्नो दायित्व संझे र महोत्सव आयोजना गरेका आयोजनकले जनाएको छ । आफ्नै अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा महोत्सव मुल आयोजक समितिका संयोजक एव तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विरबहादुर रावत विरुले दाङ जिल्लालाई पनि यो अभियानसंग जोड्न चाहेको भन्दै त्यसका लागी नेपाल भ्रमण बर्ष अभियानलाइनै जोडेर “घुम्न जाउं तुलसीपुर”को अभियानलाई अर्थपुर्ण रुपमा सम्पन्न गर्ने तयारीमा आफुहरु लागेको बताउनुभएको थियो । महोत्सवको उद्घाटन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेस कुमार भटृराईद्धारा गरिने बताएको छ । उद्घाटन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा , वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्ष चन्द्र ढकाल, पूर्व अध्यक्ष चण्डीराज ढकाल सहित प्रदेश र जिल्ला तथा नगर उद्योग वाणिज्य संघका १५० वढी उद्योगी व्यवसायीहरुको सहभागिता रहने आयोकले जनाएको छ ।

कार्यक्रममा बोल्दै अध्यक्ष रावतले भन्नुभयो–औद्योगिक मेला महोत्सव यस अघि नभएका होइनन्, तर यो मेलालाई पृथक शैलिमा सम्पन्न गर्ने जमर्को हामीहरुले गरेका छौं उनले भने । उनले संपुर्ण दर्शकहरुलाइ भिन्नै खुराक लिएर महोत्सवको आयोजना गरेको समेत बबताउनु भयो ।

महोत्सवमा विशेषगरी पर्यटनलाइ जोडिरहेको र पर्यटनबाट पनि आर्थिक समृद्धि हुनेछ भन्ने मान्यता आफुहरुको रहेको वताउनु भयो । दाङ जिल्ला वहुसांस्कृतिक, वहुभाषिक, वहुधार्मिक एवं पर्यटनको समेत प्रचुर संभावना बोकेको क्षेत्र भएको पनि वताउनु भयो। महोत्सवमा वाल मनोरन्जन, व्यपारीक स्टल, कृषिका स्टल, फेन्सी स्टलका साथै , यस वाहेक यहांको मौलिक उत्पादनलाई प्रोत्साहन गर्न पनि महोत्सव स्थलहरुमा स्टलहरुको व्यवस्थापन गरिएको वताएको छ । विशेषगरी साना तथा मझौला उद्यमीहरुलाइ प्रोत्साहन गर्न मेला कोषेढुंगा सावित हुने आयोकतले बताएको छ । महोत्सवमा हेलिकोप्टरबाट राप्ती अन्चल भरीका महत्वपुर्ण पर्यटकिय क्षेत्रहरुको अवलोकनको व्यावस्थापन गरिने आयोजकले पत्रकार समेलमा जानकारी दिएको छ । त्यसैगरी विश्वकै अग्लो त्रिशुल भएको धारपानीको पाण्डवेश्वरीधाम सम्म साइक्लिङको व्यवस्था मिलाइएको । खेल क्षेत्र तथा खेलाडीहरुको प्रोत्साहनका लागी मिनिम्याराथन प्रतियोगिता संगै फुटसल प्रतियोगिताको समेत आयोजना बताएको छ । महोत्सवमा कम्तिमा ५ लाख दर्शकको सहभागिताको अपेक्षा गरेका छौं । यस महोत्सववाट १५ करोड रुपैया वरावरको कारोवार हुने र करिव १ करोड रुपैया बचत हुने हाम्रो अपेक्षा रहेको छ ।

पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियशनको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा महोत्सव आयोजक समितिका निर्देशक विमल रिजाल, यातायात संयोजक शुरेश हमाल, पत्रकार दुर्गालाल केसी, शरद अधिकारी लगायतले मन्तव्य व्यक्त गरेका थिए । आयोजक तुलसीपुर उद्योग वाणिज्य संघका महासचिव रुप वहादुर खत्रीको स्वागत मन्तव्यबाट भएको पत्रकार सम्मेलनको सहजीकरण प्रेस संयोजक तथा महोत्सव प्रचारप्रसार उपसमितिका संयोजक शरद रेग्मीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार