कृषिलाई पर्यटनसँग जोड्दै पूर्वमन्त्री, बारीमा लहलह ड्रागन फ्रुट

माघ ०१, २०७६  |  १६३ पटक पढिएको  |   साक्षी खबर

साक्षी खबर,
घरी उही बोटलाई सुम्सुम्याउँनुहुन्छ । काटछाँट गर्नुहुन्छ । लत्रेका विरुवालाई माथि निर्देशन गर्नुहुन्छ, अनि मल पानी पनि बेलाबेलामा छदैंछ । अर्थात् अर्गानिक मलकारुपमा एउटा बोटलाई एक डोका मल पनि हाल्नु हुँदोरहेछ । रसायनिक मल त्यो बगैंचामा निषेध छ । यो दैनिकी बनाउनु भएको छ, पूर्व पर्यटनमन्त्री लोकेन्द्र विष्टले । उहाँले कृषिलाई पनि पर्यटनसँग जोड्न चाहनु भएको छ ।

भिन्न रुचीका अभियन्ता हुनुहुन्छ लोकेन्द्र विष्ट । एक बारको जुनीमा सधैं राजनीति उहाँलाई मन परेन । राजनीति गर्दा उहाँ निखारिनु भयो, तिखारिनु भयो, अनि फेरी व्यवसायमै फर्किनु भयो । किनकि काम गर्ने उमेर खेर फाल्नु पाप जस्तै हो, र राजनीति पनि सधैंका लागि हुन सक्दैन । अहिले उहाँले बिजौरीको बाँझो र सुख्खा जमिनमा ड्रागन फ्रुटको व्यावसायिक खेती सुरु गर्नु भएको छ । कम्तिमा ६६ बिगाहाको एउटै प्लटमा गरिएको यो खेती सम्भवतः नेपालकै सबैभन्दा ठुलो फार्म हो । त्यसो त पूर्वी नेपालको काभ्रेमा पनि यो खेती सुरु नभएको होइन, तर कित्ता कित्तामा……।
के हो ड्रागन फ्रट, बुझ्नै कठिन छ । तर समग्रमा यो फल रोग प्रतिरोधात्मक क्षमता भएको फल हो । जुनसुकै रोगका बिरामीहरुले पनि यो फल उपभोग गर्न सक्छन् । अनि यो अग्र्यानिक र हाइज्यानिक पनि हो । तर यसको व्यवसायीकरण नेपालमा अझै भएको छैन । अन्य देशमा फलेको फल मात्र नेपालमा आइरहेको छ, र मार्केट बनाउँदै छ ।

मैले यो फलका विषयमा भनिरहनु पर्दैन, तपाईलाई समाचार लेख्न र प्रचार प्रसार गर्न आकर्षित गर्न बोलाएको पनि होइन, तर म चाहन्छु, यो फलमा पनि कृषि पर्यटन छ, अनि यो फलमा पनि आर्थिक समृद्धि लुकेको छ’–बोट सुम्सुम्याउँदै गर्नु भएका लोकेन्द्रले भन्नुभयो ।

 

‘मैले यो फलका विषयमा भनिरहनु पर्दैन, तपाईलाई समाचार लेख्न र प्रचार प्रसार गर्न आकर्षित गर्न बोलाएको पनि होइन, तर म चाहन्छु, यो फलमा पनि कृषि पर्यटन छ, अनि यो फलमा पनि आर्थिक समृद्धि लुकेको छ’–बोट सुम्सुम्याउँदै गर्नु भएका लोकेन्द्रले भन्नुभयो । उहाँले त्यसकै लागि दाङका जमिनदारको ६६ विगाहा जग्गा लिजमा लिनु भएको छ । खेतिका लागि मात्र होइन, प्रोत्साहनका लागि पनि हो । त्यसैले उहाँले स्थानीय किसानलाई यो पेशामा आकर्षित गर्न ड्रागन फ्रुटका विरुवा पनि वितरण गर्ने अभियानमा हुनुहुन्छ ।

कतिले त बाँझो जमिनमा फेरी पिल्लर खेती सुरु गर्ने लोकेन्द्र सन्काहा पनि भनेका थिए । तर मैले हारेको छैन, किनकि मैले रोपेका विरुवा अहिले टायरपास गरिसकेका छन् ।

 

लोकेन्द्रले कुनैबेला संसदमा पनि आफ्नो खल्तीमा पिस्तोल छ भन्ने आशयको अभिव्यक्ति दिनु भएको थियो, यद्यपि पिस्तोल उहाँसँग थिएन, बडिगार्डले राख्नु भएको थियो तर उहाँ अहिले कृषिलाई बढावा दिन चाहनुहुन्छ । उहाँको ड्रागन फर्मसँगै एलोभेरा, कागती खेतीलगायतका क्षेत्रमा पनि उहाँको अभियान अघि बढ्ने छ । भन्नुहुन्छ, ‘कुनैबेला म मन्त्री भएको बेला ड्रागन फ्रुटका विरुवा बाँड्दा मलाई लोकेन्द्रका सिउँडी भनेर गिज्याएका थिए । कतिले त बाँझो जमिनमा फेरी पिल्लर खेती सुरु गर्ने लोकेन्द्र सन्काहा पनि भनेका थिए । तर मैले हारेको छैन, किनकि मैले रोपेका विरुवा अहिले टायरपास गरिसकेका छन् ।

साउनमा मेरा रातका रानीहरुले फल दिने छन् । एक सिजनमा कम्तिमा ५ क्विन्टल फल फलाउने तयारीमा छौं’, पत्रकारसामु उहाँले भन्नुभयो, यो एउटा कृषि पर्यटन र व्यावसायिकताको एकल नमुना पनि हो । गर्मी भन्नु भएन, झरी भन्नु भएन, अनि राजनीतिक आस्थाका आधारमा आर्थिक सहयोग पनि उहाँले लिनुभएन, तर नमुना किसान बन्नु भएको छ, पूर्व पर्यटन मन्त्री लोकेन्द्र विष्ट । उहाँले रोपेका केही विरुवा छिप्पेका रहेछन्, त्यसैले चाँडै फल दिए । तर खासमा स्वस्थ विरुवाले दुई वर्षमा मात्रै राम्रा फल दिन्छन् रे । फल गतिलो बनाउन लोकेन्द्र आफै फार्मका हरेक विरुवालाई नियाल्नु हुन्छ, बढी फल लाग्ने देखे कोपिलामै समाप्त पार्नुहुन्छ । कोपिलाको पनि ग्रिन टि बन्दोरहेछ, तरकारी पनि बन्दो रहेछ, बहुपयोगी ड्रागन फ्रुट …।

आफ्नो व्यवसायको प्रचार गर्दैन भन्दाभन्दै पनि उहाँ प्रचार बिनाको व्यवसाय र कृषि कर्म अधुरो ठान्नुभयो, त्यसैले पत्रकारीताको पनि सहयोगको अपेक्षा गर्नुभयो । आफु व्यवसायी बनेकोमा भने होइन, यस्तै व्यवसायमा अरुलाई प्रोत्साहन गर्न । त्यसैले भेराइटि अनुसारका विरुवा उहाँले उत्पादन गर्नु भएको छ । चाहने किसानहरुलाई निश्चित शुल्क लिएर विक्रि पनि गर्दै आउनु भएको छ । किनकि उहाँको यो अभियान कृषिबाट समृद्धिका लागि हो । जिल्लाभरी यो खेती फैलिएको अवस्थामा धेरैले रोजगार पाउने छन् भन्ने पनि उहाँको अभिप्राय हो, त्यसैले त उहाँ एउटा उजाड डाँडो भाडामा लिएर ड्रागन खेतीमा लागिरहनु भएको छ ।
लोकेन्द्र दाङलाई एउटा भए पनि कृषिको ब्रान्ड बनाउन चाहनु हुन्छ । त्यसैले त कालो मार्सी धान खेती पनि उहाँले सुरु गर्नु भयो । अहिले बजारमा कालो चामलको मुल्य सामान्य उपभोक्ताहरुले किन्न समेत नसक्ने अवस्थाको छ । जैविकतालाई उहाँले विशेष महत्व दिनुहुन्छ । त्यसैले उहाँ बाँझा जग्गामा भौतारिंदै बिजौरीमा आउनु भयो । ड्रागन फ्रुटको बजार मुल्य शहर र सिजन हेरेर १ हजार रुपैया प्रतिकेजीदेखि १ हजार ९ सय रुपैया प्रतिकेजीसम्म पर्ने गरेको तथ्यांकले देखाएको छ । तर लोकेन्द्रका विरुवाले फल दिए भने त्यो भन्दा धेरै कम मुल्यमा यो फल विक्रि हुने छ । त्यसैले त उहाँले फलको स्वाद चखाउन पत्रकारहरुलाई बोलाएर विक्रि खुल्ला भएको उद्घोष गर्नु भयो । यद्यपि अहिले विक्रिमा पाइने फल भने यहाँको उत्पादन होइन भियतनामबाट खरिद गरी ल्याएर विक्रि वितरण गरिएको हो । त्यसैले पनि अहिले नेपाल पुरै ड्रागन फ्रुटमय बनेको छ ।

पश्चिमा मुलुकहरुमा यसलाई खाना पछिको डिजर्टका रुपमा प्रयोग गरिन्छ । त्यसैले पनि यसको महत्व पछि मात्रै विकसित हुँदै आएको हो । पूर्वपर्यटन मन्त्री लोकेन्द्रलाई पनि प्रभाव पार्ने कृषि क्षेत्रका अभियन्ता भने जगन्नाथ राई हुनुहुन्छ, जसले ड्रागन फ्रुटका विरुवा नेपाल भित्र्याउनु भएको थियो । अहिले काभ्रे जिल्लामा पनि यो खेतीको व्यापकता हुँदैछ । ‘म चाहन्छु, हरेक नेपालीहरु यो फलको पहुँचमा पुगुन्’, त्यसैले उत्पादन सुरु गरेको छु । उहाँले बजार खोज्नुभन्दा पनि वस्तु उत्पादन गर्नु र बजारभरी फैलाउनलाई महत्व दिनुहुन्छ । किनकि सप्लाई क्रियट्स इट्स वन डिमाण्ड’–अर्थशास्त्रीको सिद्धान्त हो यो । यही शैलीमा हिड्नु भएको छ लोकेन्द्र विष्ट ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार