‘कृषि औद्योगिक महोत्सवको स्टल निर्माण कार्य शुरु’

पुष २९, २०७६  |  १२४ पटक पढिएको  |   साक्षी खबर

२९ पुस, घोराही / दाङ चेम्बर अफ कमर्सको आयोजनामा आगामी माघ १० देखि २२ गते सम्म घोराहीमा आयोजना गर्न थालिएको नेपाल भ्रमण वर्ष २०२० पर्यटन प्रवद्र्धन व्यापारिक एवं कृषि औद्योगिक महोत्सव–२०७६ को लागि स्टल निर्माण कार्य शुरु गरिएको छ ।

घोराहीको कृषि सामाग्री सस्थानको प्राङ्गनमा स्टल निर्माण शुरु गरिएको स्टल व्यवस्थापन समितिका संयोजक वलदेव योगीले जानकारी दिए । उनका अनुसार माघ ५ गते भित्र स्टल निर्माणको काम पूरा गरिने छ । महोत्सवमा दुई सय ५० भन्दा बढी स्टल रहने छन् ।

दाङ चेम्बर अफ कमर्सले स्थापन पछि पहिलो पटक दाङमा महोत्सव गर्न थालेको महासचिव टिकादत्त खनाल ‘सागर’ले जानकारी दिए । उनका अनुसार यो महोत्सवले नेपालमा मनाउन थालेको भ्रमण वर्ष २०२० लाई सफल बनाउन महत्वपूर्ण सहयोग पुग्ने छ ।

‘महोत्सवमा स्थानीय कृषि उत्पादन, घरेलु उत्पादन तथा हस्तकला, स्थानीय कला, सस्कृति, रहनसहन तथा भेष भुषाको संरक्षण गर्ने छ,’ उनले भने, ‘यहाँको आर्थिक गतिविधि बढाउनका लागि महोत्सवले सहयोग गर्ने छ ।’

महोत्सवमा स्थानीय कृषि उत्पादन तथा घरेलु उद्योगलाई महोत्व दिँदै स्थानीय व्यवसायीहरुलाई विशेष सहुलियत प्रदान गरिने छ । महोत्सवलाई सफल बनाउन महोत्सवका निर्देशक एवम् दाङ चेम्बर अफ कमर्सका अध्यक्ष श्रीधर महराले सबैमा आग्रह गरे ।

महोत्सवल सफल बनउन स्थानीय देखि केन्द्रका विभिन्न निकायहरुसँग समन्वय भइरहेको उनले जानकारी दिए । दाङ चेम्बर अफ कमर्सका सस्थापक अध्यक्ष दीपक सुवेदीले महोत्सवलाई भव्य र सभ्य बनाउन सबै पक्षले सहयोग गर्नुपर्ने धारणा व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार