अतीतको मीठो अवलोकन

पुष १४, २०७६  |  १३२ पटक पढिएको  |   साक्षी खबर

आज पुस १४, दिवङ्गत राजा वीरेन्द्रको जन्म दिन । उमेरै त्यस्तो भएर हो कि साच्चै रमाइलो हो, आजको दिन कम्ती उल्लासमय हुँदैनथ्यो । प्रजातन्त्रको रहर गर्नेहरूलाई त आजको दिन चरम घृणाको हुन्थ्यो होला, किनभने राजतन्त्र तिनका लागि भयावह थियो । कतिजना जेलनेल परेका हुन्थे । कतिको जिउँदै वा मूर्दाको मूल्यसूची टाँसिएको हुन्थ्यो । हामीलाई ती कुराको के स्वाद रु केटाकेटीलाई जता रमाइलो उतै घमाइलो । हामी त यो दिनको उत्सुकतापूर्वक प्रतीक्षामा हुन्थ्योैँ । रमाइलो लाग्नुका अनेक कारण छन् । तीमध्ये पहिलो स्कुल बिदा हुनु हो । विद्यार्थीको स्वभाव नै हो  किताबकापीका बोझबाट मुक्त हुन चाहने । एक दिनको छुट्टीले पनि थकानलाई रिचार्ज गर्दथ्यो । अर्को रमाइलो पक्ष के थियो भने यो दिनमा सदरमुकाममा ठुलो जुलुस र झाँकी उर्लिन्थ्यो । गाउँ पञ्चायतका प्रधानपञ्चले आफ्ना क्षेत्रका स्कुलका विद्यार्थी, नरनारीलाई हातमा प्लेकार्ड र ब्यानर बोकाएर सदरमुकामतिर दौडाउँथे । त्यस्तो झाँकीमा मयुर नाच, लठ्ठे नाच , धामी–झाँक्री सबै औतारीहरू मिसिएका हुन्थे ।

बाटाभरि धुलो उडाउँदै ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’ को नारा फलाक्दै मान्छेहरू सदरमुकामतिर ओइरिन्थे । कसैले साना राष्ट्रिय झन्डा समाएका, कसैले राजाको ब्याज पकेटमाथि टाँसेका र कसैले घाँटी सुकाईसुकाई महाराजको जयजयकार गर्दै हिँडेको देख्दा वातावरण बडो चकमन्न हुन्थ्यो । यस्तै जलसा हेर्न हामी फुच्चेहरू तुलसीपुर हिँड्दै पुग्दथ्यौँ । कसैले हामीलाई पनि झन्डा समात्न दिए कति आनन्द आउँदो हो भन्ने भित्री बेचैनी हुन्थ्यो तर दिने कोही थिएन । तुलसीपुर पुग्दा विभिन्न गाउँका जनता र स्कुलका विद्यार्थीले नगर भरिएर पाइलो राख्ने ठाउँ नहुने । त्यसैमाथि रोल्पा(सल्यान र रुकुमका मान्छेले थापेका सुन्तला र बदामका पसल, तरुल(गन्जीका दुकान( उता देशीहरूले बतासा( पट्टी मिठाई, आलु टिकिया, कचालु, । केहीले उखु र हरिया मुला । अल्लि छेउँछाउँतिर बङ्गुर र रक्सीका पसल । केटाकेटीमा खाने कत्रो लोभ हुने तर पैसा नहुने । साच्चै प्रकृतिले कस्तो सन्तुलित नियम बनाएको छ । जुन बेला जे पनि खाने इच्छा हुन्छ, पैसा नभइदिने । जसबेला पैसा हुन्छ त्यो बेला हामीभित्रको हन्तकालीको बखत बसिहाल्ने । गोजामा एक पैसा नहुँदा पनि तुलसीपुर गई बजारका वस्तु हेर्दै मुख मिठ्याएर साँझ घरमा फर्किइन्थ्यो । अजिङ्गरको आहारा दैवले पर्याउँछ भन्छन् , यदाकदा बाटामा हिँड्दा दुईचार बदाम फेरि भेटिइहाल्थे । अनि ‘यी बदाम भेट्टाए’को हर्षमा सदरमुकाम यात्रा सार्थक बन्न जान्थ्यो । खासमा भेटाउनु के थियो र !

 

कठै  ! बरा पसलेमा केको परोपकारी भाव हुनु र ! अँ , कहिलेकाही त्यहाँ हुलदङ्गा र समूह युद्ध पनि हुन्थ्यो । हो त्यो भकुराभकुरमा कदाचित् पसलेका वस्तु अव्यवस्थित बन्न पुग्दा जिप्टाएर खान पाइन्छ कि भन्ने सोच अत्यधिक प्रबल हुन्थ्यो । यो संयोग नगण्य थियो । यसरी दिनभरि खुट्टा खियाएर साँझ घर फर्कन लाग्दा बाटाको लीला पनि कम्ता रोचक हुँदैनथ्यो ।

अल्लि ठुला मान्छेले खाँदाखाँदै हातबाट चिप्लिएर खसेका बदाम हुन् तिनी । तै, बोक्रैसित खसेको हुँदा खान मिल्ने हुन्थे नत्र छोडाएका बदाम त धुलोपिठो भइसकेका हुन्थे । दिनभरि अरनिको मैदानमा हरेक गा।पं। र स्कुल का विद्यार्थीका झाँकीले परिक्रमा गरेपछि भाषणभीषणको उपक्रम चल्दथ्यो । हामीलाई तिनले कत्ति नखिच्ने । बरू कतातिर पहेँला सुन्तला छन्, तरुल छन् भुजियाका डल्ला छन्, त्यतैतिर हाम्रा डेग चल्दथे । यसको मूल ध्येय के थियो भने कुनै चिनेको मान्छेले  ला खा  ! भनिहाल्छ कि अथवा पसलेले टिठाएर दिइहाल्छ कि भन्ने हो । कठै  ! बरा पसलेमा केको परोपकारी भाव हुनु र ! अँ , कहिलेकाही त्यहाँ हुलदङ्गा र समूह युद्ध पनि हुन्थ्यो । हो त्यो भकुराभकुरमा कदाचित् पसलेका वस्तु अव्यवस्थित बन्न पुग्दा जिप्टाएर खान पाइन्छ कि भन्ने सोच अत्यधिक प्रबल हुन्थ्यो । यो संयोग नगण्य थियो । यसरी दिनभरि खुट्टा खियाएर साँझ घर फर्कन लाग्दा बाटाको लीला पनि कम्ता रोचक हुँदैनथ्यो ।

कोही रक्सी खाएर बाटामा बतुराउँदै हिँडेका, कोही बाटामै बान्ता गरेर पल्टिएका, कोही उँखु टोक्दै हिँडेका, कोही युवतीलाई फकाउँदै हिँडेका, कोही मिर्गी र चरिफाई जागेर मुख भरि फिँज काडेर ढलेका, कतै बहुलाहरूले जे पायो त्यही बोलेर रमिता देखाएका हुन्थे । यसरी साँझ घर फर्किँदा दिउँसोको भोको पेटको दर्द भुलाउन अर्को विचार जन्मिन्थ्यो अब स्कुल र क्याम्पसतिर ठोक्किनुपर्छ । खसोखास कुरो के भनेदेखि साँझमा राजाको नाममा दीपावली गर्दथे पालेहरूले । हेडसर र क्या.प्र.को उर्दीलाई उनीहरूले तामेली गर्न गर्न आइपुग्थे मैनबत्ती ल्याएर । हाम्रा लागि मैनबत्ती त दुर्लभ कुरो थियो । कतिखेर पियनले त्यो बाल्छन् र सुटुक्क गई फुस्।।। गरेर मैनबत्ती घरमा ल्याउने , यो हाम्रो धन्धा हुन्थ्यो । जलेर बचेका मैनबत्तीका ठुटालाई ल्याएर चपाउनु , अनि कागजमा आफूले चाहेको कोर्नु र त्यसमा मसीले पोत्नु हाम्रो ठुलो सोखको विषय हुन्थ्यो । भोलिपल्ट स्कुलमा मैनबत्तीको करामतका प्रसङ्ग कोट्टाएर साथीभाइका बीचम आफ्नो अहं प्रदर्शन गर्नु पनि तत्कालीन हिरोइज्म मानिन्थ्यो । आज देशमा राजा छैनन् ।

जनताले चुनेका प्रतिनिधिका नाममा यस्ता व्यक्तिपूजाका सन्दर्भ बेकार साबित भएका छन् । यातायात र सडक विस्तारले गर्दा खरिदयोग्य वस्तु आँगनमै प्राप्य छन् ।टिभी ,सिनेमा, मोबाइल, फेसबुकले हत्केलामा मनोरञ्जन ल्याइदिएको छ तर त्यो युग जहाँ न माथिका साधन उपलब्ध थिए, न बौद्धिक चेतनाको स्तर बनेको थियो ,न आजको जस्तो स्वतन्त्रताको उर्वर मौसम थियो ,त्यो घडीमा राजाको जन्म दिवस आजको दसैँतिहारभन्दा ठुलो चाड थियो, नयाँ कुरा देख्ने सुवर्ण अवसर थियो , बाल आकाङ्क्षालाई तृप्ति दिने संयोग थियो र सामाजिक मिलनको अपूर्व माध्यम बनेको थियो । आज कसरी हामी एक्लो जिन्दगी बाँचिरहेका छौँ, छिमेकीसित दिल खोलेर हाँस्न नसक्ने भएका छौँ, हुँदाहुँदा आफ्नै सन्तानले समेत नेटो काटेर टाढा गइसकेका छन् र तिनैसँग दुस्ख साट्न पनि शुभ मुहूर्त जुर्नुपर्छ । हरे ! कस्तो युगमा छौँ हामी ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार