२०७९ माघ २६, बिहीबार

सोनापुर सिमेन्टले मन्दिर र सामुदायिक भवन निर्माण गर्दै

चैत्र ०६, २०७५  | १०१९ पटक पढिएको

– शरद रेग्मी
६ चैत्र, दाङ / दाङको दुधरासमा रहेको सोनापुर सिमेन्टले बिश्वनाथ धाम मन्दिर निर्माण गर्न लागेको छ । सिमेन्टले स्थानीय जनताको माग बमोजिम धार्मिक क्षेत्रको विकासका लागि मन्दिर सहित सामुदायिक भवन र जेष्ठ नागरिकहरुका लागि विश्राम कक्षको समेत निर्माणको गर्न लागेको निर्माण समितिका अध्यक्ष बामदेव रेग्मीले जानकारी दिए । “सोनापुर र स्थानीयको जनश्रमदानबाट बृहत् योजना अगाडि सारेका छौँ सुविधा युक्त सामुदायिक भवनमा जेष्ठ नागरिकको सम्मानका लागि पत्र पत्रिका र पौराणिक किताबहरुको समेत व्यवस्था गर्ने छौ”– अध्यक्ष रेग्मीले भने ।

रेग्मीका अनुसार हाल सम्म करिब ४० लाख बराबरको स्थानीयहरुको जनश्रमदानबाट मन्दिर निर्माण र माटो फिलिङको काम भैरहेको छ हाम्रो गुरु योजना अनुरुप २०७६ सालको अन्तिम सम्मपन्न गर्न करिव दुई करोड रकम आवश्यक पर्नेछ ।

दुधरास बजार देखि दक्षिणतर्फ बिश्व नाथ धाम टोलमा निर्माण हुन लागेको विश्वनाथ धाम मन्दिरको काम अन्तिम चरणमा पुगेको छ भने अन्य भवनहरु निर्माण हुने क्रममा रहेका छन् । यता सोहि मन्दिर निर्माणका लागि खटिएका सोनापुरका भारतिय कामदारदलाई एक समुहले कुटपिट गरि घाइते बनाएको भन्दै आज बसेको बैठकदे खेद प्रकट गरेको छ । बैठकले सामाजिक काममा खटिएका मजदुरलाई कुटपिट गर्नु निकै घृणित र अमानवीय कार्य हो भन्दै दुख व्यक्त गरेको छ । यस घटनाले निकै दुखि बनाएको छ अबका दिनमा यस्ता अमानवीय क्रियाकलाप दोहोरिन नदिन समेत स्थानीय प्रशासनलाई अनुरोध गर्ने निर्णय समेत बैठकले गरेको सचिव रामकुमार डाँगीले जानकारी दिए ।

साथै बैठकले भर्खरै मात्र गठन भएको विश्वनाथ टोल विकास संस्थाको अध्यक्षमा समाजसेवी पदम बहादुर डाँगी निर्विरोध निर्वाचित भएकोमा बधाई ज्ञापन गर्दै सम्पूर्णमा सफल कार्यकालको कामना गरेको छ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस