रोचक
बेलायती पूर्वमोडलले २२१ जना केटासँगको असफल प्रेम सम्बन्धपछि कुकुरसँग गरिन् बिहे !
काठमाडौँ / बेलायतकी एक जना पूर्वमोडलले २२१ जना केटासँगको प्रेम सम्बन्ध असफल भएपछि कुकुरसँग बिहे गरेकी छन् । इलिजावेथ होडले टेलिभिजन कार्यक्रमको प्रत्यक्ष प्रसारणमा आफूले पालेको कुकुरसँग विवाह गरिन् । उनी अहिले ४९ वर्षकी छिन् । इजिजाव सन् १९९० को दशककी चर्चित पेज ३ मोडल हुन् । पेज ३ ट्याबलोइड …
एक जोर ऐतिहासिक जुत्ता चार करोड ८० लाखमा बिक्री
सुन्दा अचम्म लाग्न सक्छ । तर, यो वास्तविक हो । नाइकी (कम्पनी)को सह–संस्थापकले डिजाइन गरेको एक जोर ऐतिहासिक जुत्ता चार करोड ८३ लाख ८० हजार रुपैयाँमा बिक्री भएको छ । त्यो न्यूयोर्कको एक लिलाममा राखिएका खेलकुदमा प्रयोग हुने १०० जोर जुत्तामध्येमा बिक्री हुने अन्तिम जोर जुत्ता हो । सन् १९७२ …
‘अनौठो बस्ती पहाडी चट्टानमा’
लण्डन / ओमानको पहाडी चट्टानमा पछिल्लो पाँच सय वर्षभन्दा बढी समयदेखि एउटा दुरदराज इलाकामा एउटा जनजाति समूहले जीवन बिताइरहेको छ । ओमानको मस्कटको बलुवा तटबाट १९५ किलोमिटर दक्षिण–पश्चिममा ओमानको मैदानी इलाका चुनढुंगाको एउटा अग्लो चट्टानसँग जोडिन्छ । २९८० मिटर अग्लो यो पहाड जबाल–अल–अखदार हरियो पहाड (ग्रिन माउन्टेन) का रुपमा चिनिन्छ …
स्याउजत्रो आकारको बालक, अस्पतालबाट डिस्चार्ज गर्ने तयारी
६ वैशाख, टोकियो / जापानको एक अस्पतालमा गत अक्टोबरमा जन्मिएको विश्वकै सबैभन्दा कम तौलको बालकलाई अस्पतालबाट डिस्चार्ज गर्न लागिएको जापानी चिकित्सकहरुले बताएका छन् । ती बालक जन्मदा २२ सेन्टिमिटर अग्ला थिए अर्थात् स्याउको आकारका थिए । रिउसुके सेकिया नाम राखिएका ती बालककी आमा तोशिकामा उच्च रक्तचापकी बिरामी थिइन् । चिकित्सकहरुले तोशिकाको …
एउटा सहर जहाँ बाख्रो बन्यो मेयर
अमेरिकाको भर्मोन्टस्थित फेयर ह्याभेन सहरमा एउटा बाख्रालाई मेयर पदमा निर्वाचित गरिएको छ । ३ वर्षको लिंंकन नामक उक्त बाख्रोले शहरको मानार्थ मेयर पदमा चुनाव जितेको हो । फेयर ह्याभेन सहरमा कुनै पनि पाल्तु जनावरलाई मेयर बनाइएको यो पहिलो घटना हो । टाउन मिटिङ दिवसका अवसरमा बाख्रोलाई एक वर्षका लागि मेयर …
गाईको बथानमा अजंगको गोरु, देख्नेहरू छक्क परे
अष्ट्रेलिया । अनौठो र अजंगको शरीर पनि जीवनको महत्वपूर्ण विषय बनिदिन्छ । तर यो प्रसंग मानव जीवनको भने होइन । अष्ट्रेलियाको एउटा गोरुले यस्तै अजंगको शरीरले गर्दा प्रकृतिले दिएको जीवन पूरै जीवन जिउन पाउने भएको छ । तीनहजार पाउण्ड तौल भएको निकर नाम गरेको गोरुले अभयदान प्राप्त गरेको छ । …