अन्तर्राष्ट्रिय
“उत्तर कोरियासँग पुनः वार्ता हुन्छ” – अमेरिकी विदेशमन्त्री
५ चैत, वासिङ्टन / अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अमेरिका उत्तर कोरियासँग पुनः वार्तामा बस्न सक्ने बताउनुभएको छ । उहाँले एक अमेरिकी रेडियोलाई दिनुभएको अन्तर्वार्तामा अमेरिकाले उत्तर कोरियाली नेता किम जोङ उनसँग पुनः वार्ता गर्नसक्ने बताउनु भएको जनाइएको छ । उत्तर कोरियाको निशस्त्रीकरणको विषय अमेरिका र उत्तर कोरियाबीचको आपसी चासोको विषय भएकोले …
व्यापार युद्धबाट अमेरिकाको अर्थतन्त्र खुम्चियो
२ चैत, वासिङ्टन / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार युद्धले सन् २०१८ मा अमेरिकी अर्थतन्त्र करिब सात अर्ब ८० करोड डलर खुम्चिएको अध्ययनले देखाएको छ । प्रतिष्ठित अमेरिकी विश्वविद्यालयका अर्थशास्त्रीहरुले गरेको एक अध्ययनले लक्षित मुलुकहरुबाट अमेरिकातर्फ भएको आयातमा ३१.५ प्रतिशतले कमी आएको उल्लेख गरिएको छ । अमेरिकी निर्यातमा पनि ११ …
न्युजिल्याण्ड मस्जिद आक्रमणमा चालिस जनाको मृत्यु, बीस घाइते
१ चैत्र, क्राइस्टचर्च, न्युजिल्याण्ड / न्युजिल्याण्डको क्राइस्टचर्चस्थित एउटा मस्जिदमा आतङ्ककारी समूहले शुक्रबार गराएको विष्फोटमा परी कम्तीमा ४० जनाको मृत्यु भएको न्युजिल्याण्डका प्रधानमन्त्री यासिन्दा अडर्नले जानकारी गराउनुभएको छ । उक्त आक्रमणमा परी २० जना घाइते भएका बताइएको छ । घाइते सबै जनालाई स्थानीय अस्पतालमा लगि उपचार शुरू गरिएको छ । घाइतेमध्ये …
हाफिजलाई प्रतिबन्ध लगाउने प्रस्ताव रोकेकामा भारतको असन्तुष्टी
३० फागुन, नयाँदिल्ली / भारतले पाकिस्तानमा आश्रय लिइरहेको लडाकू समूहका नेता मसूद अजहर र उनले नेतृत्व गरेको जैस–ए–मोहम्मद समूहलाई कालोसूचीमा राख्ने राष्ट्रसंघको प्रस्तावलाई चीनले अस्वीकृत गरेको भन्दै “निराशा” व्यक्त गरेको छ । यही समूहले फेब्रुअरी १४ मा भारत नियन्त्रित काश्मिरको पुलवामा बिस्फोट गराउँदा ४० जना भारतीय सिपाहीको मृत्यु भएको थियो …
विमान दुर्घटनापछि बोइङ्ग ७३७ को सवै उडान बन्द
काठमाडौ, (फागुन ३० ) अमेरिकी विमान निर्माता कम्पनी बोइङले आफ्नो ७३७ म्याक्स मोडलको सबै जहाजको उडानमा रोक लगाएको छ । एयरलाइन्सको विमान दुर्घटनासम्वन्धी अनुसन्धानमा विमानमा गडबढी देखिएकाले सुरक्षाको बिषयलाई लिएर बोइङ्गले सवै उडान ततकालका लागि रोक लगाएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन । अर्को निर्णय नभएसम्मका लागि ३७१ वटा बोइङ ७३७ …
इथियोपियामा भएको विमान दुर्घटनामा एकजना नेपाली सहित १ सय ५७ जनाको मृत्यु
इथोपियामा आज भएको विमान दुर्घटनामा परी एक नेपालीको निधन भएको छ। इथोपियाका राजधानी अदिस अबाबाबाट केन्याको नौरोवीतर्फ जाँदै गरेको इथोपियन एयरलाइन्समा बिमान दुर्घटना हुँदा चालक दलका सदस्यसहित १ सय ५७ जनाको मृत्यु भएको थियो। सो विमान दुर्घटना परि ३३ देशको नागरिक मृत्यु भएको एयरलाइन्सले जनाएको छ। ‘बिमान दुर्घटना परेका नेपालीको को …
भ्रष्टाचार रोक्न नसकेपछि प्रधानमन्त्रीले राजीनामा दिए
पेरुका प्रधानमन्त्री सेजार भिल्लानुभाले राजीनामा दिएका छन् । पेरुको राष्ट्रपतिको कार्यालयद्वारा जारी वक्तव्यमा प्रधानमन्त्री सेजारले राष्ट्रपति समक्ष राजीनामा दिएका पुष्टि गरेको छ । प्रधानमन्त्री सेजारले यसअघि सन् २०१३ देखि २०१४ सम्म दुई वर्ष र सन् २०१८ मा दोस्रो पटक प्रधानमन्त्री बनेका थिए । मुलुकमा बढेको भ्रष्टाचार रोक्न र सुशासन कायम …
अपराधी घटेसँगै नेदरल्याण्डमा जेल बन्द हुँदै, दुई हजार कर्मचारीको जागिर धरापमा
नेदरल्याण्ड । संसारमा अपराध बढ्दैछ तर युरोपको एक देश नेदरल्याण्डमा अपराधको घटना दिन प्रतिदिन घट्दैछ । हाल नेदरल्याण्डमा एक करोड ७१ लाख मनिसहरु बसोबास गर्छन् ।टेलिग्राफकाे एक रिपोर्टले भनेको छ , सन २०१६ मा नेदरल्याण्डमा केबल १९ कैदी जेलमा थिए । सन २०१८ मा कुनै कैदी बन्दी छैनन् । जेल सुनसान रहेको …
भारु १० मा साडी, भिड नियन्त्रण गर्न हम्मेहम्मे
हैदराबाद, फागुन ५ गते । भारतको हैदराबादस्थित सिद्दीपेटको एक सपिङ मलले भारु १० मा साडी बिक्री गर्न थालेपछि मलमा महिलाहरुको भीड बढेर भागदौडको अवस्था सिर्जना भएको छ । सीएमआर सपिङ मलमा महिला र किशोरीहरुको ठूलो समूह साडी खरिद गर्न भेला भएको थियो । प्रहरीले सस्तो मूल्यमा साडी बिक्री भइरहेको …
२५ बर्षीया महिलाले जन्माइन एकै पटक सात सन्तान
एजेन्सी । इराकको दियाली शहरकी एक महिलाले एकै पटक सात सन्तानको जन्म दिएकी छन् । २५ बर्षीया ति महिलाले प्राकृतिक रुपमा (शल्यक्रिया नगरी) ती सन्तान जन्माएकी हुन् । उनले एकैपटक जन्माएका सन्तानमा छ छोरी र एक छोरा छन् । डेली मेलका अनुसार स्थानीय अस्पतालमा जन्मेका ति सबै शिशु र आमाको …