फेरी बढ्यो काठमाडौंमा वायु प्रदूषण

चैत्र २३, २०७७  | ३५५ पटक पढिएको

२३ चैत्र, काठमाडौं ।

पानी नपरेका कारण वायु प्रदूषण अझै हट्न सकेको छैन । आज पनि काठमाडौं उपत्यकामा विहानैदेखि वायु प्रदूषण बढेको छ । दिउँसो पनि प्रदूषण रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

वायु मण्डलको माथिल्लो भाग स्थिर रहेकाले अझै केही दिन यही अवस्था रहन सक्ने मौसम विद्हरुले बताएका छन् । पश्चिमी मौसमी प्रणाली सक्रिय नहुँदासम्म प्रदूषण नहट्ने र बुधबारबाट पश्चिमी मौसमी प्रणाली सक्रिय हुने सम्भावना रहेको मौसमविद्ले बताउँछन् ।

केहीसमय यता काठमाडौं उपत्यकासहित मुख्य सहरहरुमा वायुमा प्रदूषणको मात्र बढेको छ । वायु प्रदूषण बढ्दा आँखा चिलाउने, टाउको दुख्ने जस्ता समस्या देखिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशका धेरै ठाउँमा डढेलो लाग्दा वायु प्रदूषण बढेको वातावरण विभागले जनाएको छ । हाल वायुमा धुलोभन्दा पनि धुँवाको मात्रा धेरै रहेको वातावरण विभागले बताएको छ ।

प्रतिक्रिया दिनुहोस