ताइवानमा रेल दुर्घटना ४१ जनाको मृत्यु

चैत्र २०, २०७७  | १२१ पटक पढिएको

२० चैत्र, काठमाडौं ।

ताइवानमा रेल दुर्घटना भएको छ । दुर्घटनामा परी अहिलेसम्म ४१ जनाले ज्यान गुमाइसकेको समाचार संस्था एएफपीले जनाएको छ ।

करिब ३५० भन्दा बढी यात्रु लिएर गन्तव्यतर्फ जाँदै गरेको रेल शुक्रबार दुर्घटना भएको ताइवानको अग्नि विभागलाई उद्धृत गर्दै रोयटर्सले खबर दिएको छ ।

रोयटर्सका अनुसार सुरुङभित्र हिडिरहेको रेल पटरीबाट बाहिर निस्किएपछि दुर्घटना भएको हो। पर्यटक र स्थानीय यात्रु बोकेर रेल ताइपेइबाट ताइतुङतर्फ जाँदै थियो । दुर्घटनामा परी कम्तिमा ४० यात्रु घाइते भएका छन् ।

करिब ७० भन्दा बढी यात्रु च्यापिइरहेका छन् । करिब ८ डिब्बामा क्षति पुगेको छ । ती सबैमा पुग्न निकै कठिन भइरहेको छ ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस