बाँकेमा थप १८ जनामा कोरोना संक्रमण

चैत्र १८, २०७७  | २३६ पटक पढिएको

१८ चैत्र, बाँके ।

बाँकेमा पछिल्लो २४ घण्टामा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालको प्रयोगशालामा परीक्षण गरिएका ४५ नमुनामध्ये १८ जनामा संक्रमण देखिएको हो ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) का कोरोना फोकल पर्सन तेज ओलीकाअनुसार कोरोना पुष्टि हुनेहरूमा बाँकेका १३ जना, बर्दिया, जाजरकोट, कैलाली, ललितपुर र सुर्खेतका एक–एक जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस