सुनको भाउ ४०० रुपैयाँले ओरालो लाग्यो

चैत्र १८, २०७७  | २९४ पटक पढिएको

१८ चैत्र, काठमाडौं ।

बुधबार सुनचाँदीको भाउ ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँ घटेर ८५ हजार ६०० रुपैयाँ कायम भएको छ ।
यसअघि छापावाल सुनको भाउ ८६ हजार प्रतितोलामा कारोबार भएको थियो ।

सोही परिमाणको तेजावी सुन प्रतितोला ८५ हजार १५० रुपैयाँमा कारोबार गर्न सकिनेछ भने आज चाँदीको भाउ पनि घटेको छ ।

यसअघि प्रतितोला एक हजार २ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीलाई आज एक हजार १ सय १५ रुपैयाँ पर्ने महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस