नेपाली कलाकारहरुको होली

चैत्र १५, २०७७  | १९३ पटक पढिएको

१५ चैत्र, काठमाडौं ।

कोरोना भाइरसको संक्रमणका कारण गत वर्ष र यस वर्षको होली केही खल्लो बन्न पुग्यो। गत वर्षको तुलनामा यो वर्ष होलीको केही चहलपहल भए पनि खासै उल्लासमय नभएको बताइएको छ।

आज काठमाडौँ उपत्यकासहित देशभरका पहाडी क्षेत्रमा होली पर्व मनाइँदै छ। नेपाली चलचित्र क्षेत्रका कलाकारहरुले पनि यो वर्ष परिवारभित्रै एक आससमा रङ दलेर होली पर्व मनाएका छन्। उनीहरुले होली मनाएको तस्बिरहरु पनि सामाजिक सञ्जालमा सेयर गरेका छन्।

अभिनेता नजिर हुसेले सामाजिक सञ्जाल फेसबुकमा होली मनाएको तस्बिर सार्वनजिक गरेका छन्। होलीको शुभकामना दिँदै उनले तस्बिर सार्वनजिक गरेका हुन्।

‘होली त मलाई तिमीसँग खेल्न मन थियो फगत यी रंगहरुबीचमा आइदिए१ सादा सपनाहरु रंगीन होस् सबैको, रंगहरुको पर्व होलीको शुभकामना सबैमा’, नाजिरले फेसबुकमा लेखेका छन्।

त्यस्तै अभिनेत्री रेखा थापाले पनि होलीको शुभकामना दिँदै परिवारसँगै होली मनाउँदै गरेको तस्बिर सार्वजनिक गरेकी छन्।

‘हर्ष, उल्लास र रङमय पर्व होलीको शुभकामना । सबै क्लेशहरु मित्रतामा बदलिउन, डरबाट मुक्ति र चिन्ताबाट हौसलाको यात्रा गरोस हामी सबैको जीवनले’, ट्विटरमा थापाले लेखेकी छन् ।

त्यस्तै अर्की अभिनेत्री केकी अधिकारीले पनि सर्तकता अपनाएर परिवारमै होली मनाउन आग्रह गर्दे होलीको शुभकामना दिएकी छन्।

‘ यसपालीको होली आफ्नै परिवारसंग, आफ्नै घरमा बसी मनाऔँ। सतर्क रहौँ। स्वस्थ रहौँ। फागु पुर्णिामाको रङ्गिन शुभकामना’, उनले सामाजिक सञ्जालमा लेखेकी छन्।

अभिनेता पल शाह, अभिनेत्री सुहाना थापा, अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले पनि सामाजिक सञ्जालमा होलीको तस्बिर सेयर गरेका छन्।

प्रतिक्रिया दिनुहोस