यमाहा महामेलाको भोलि अन्तिम दिन

चैत्र १२, २०७७  | २३४ पटक पढिएको

१२ चैत्र, तुलसीपुर ।

तुलसीपुरको घोराही रोडमा रहेको ड्रिमल्याण्ड ट्रेडर्स प्रालिले यमाहा एक्सचेन्ज महामेला अब एक दिन बाँकी रहेको छ । घोराही रोडमा रहेको कृषि विकास बैंकको पूर्वतिरको मैदान हात्तिखौवामा सञ्चलन भइरहेको महामेला शुक्रबार सकिन थालेको हो ।

चैत्र ८ गतेदेखि सुरु भएको यमाहा महामेलामा मोटरसाइकिल तथा स्कुटर गरी ५० वटा विक्रि भएको प्रा.लिका मेनेजर लंक खड्काले जानकारी दिए ।

खड्काकाअनुसार महामेला भोलिसम्म मात्र सञ्चालन हुने भएकोले जुनसुकै कम्पनी तथा ब्राण्डको बाइक तथा स्कुटरहरु अपग्रेड तथा एक्सचेन्ज गर्न वा बाइक तथा स्कुटरको प्रचलित बजार मुल्यभन्दा १५ हजार थपसहित मुल्यांकन गरिने भएकाले उक्त महामेलाबाट सबैलाई सेवा लिन आग्रह गरेका छन् ।

साथै यमाहाको बाइक तथा स्कुटरको नगदखरिदमा १० हजारको छुट, जिरो प्रतिशत व्याजदर र फानान्सको सुविधा उपलब्ध रहेको प्रा.लिका सञ्चालक राजेन्द्र श्रेष्ठले जानकारी दिए । साथै फ्रि एशोसरिज, हेल्मेट, बाइक कभर, स्पोर्टस व्याग, ग्लोब्स, म्युजिकल प्रोग्रामलगायत फ्रि चेकअपको पनि व्यवस्था गरिएको छ ।

उक्त महामेलामा कुनै पनि बाइक तथा स्कुटरहरु मुल्यांकन गर्न ल्याउँदा अनिवार्य ब्लुबक साथमा लिएर आउन सञ्चालक श्रेष्ठले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस