मानपुरको साना किसान सहकारीको भबन उद्घघाटन

फागुन २२, २०७७  | ३०९ पटक पढिएको

२२ गते, फागुन, मानपुर ।

मानपुर महिला साना किसान कृषि सहकारी संस्थाले आफ्नै भबन निर्माण गरेको छ । तुलसीपुर उपमहानगरपालीका वडा नम्बर १७ मानपुरमा रहेको महिला साना किसान कृषि सहकारी संस्थाले करिब २८ लाखको लागतमा आफ्नै भबनको निर्माण गरेको हो ।

संस्थाका अध्यक्ष शोभा बस्नेतको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालीकाका नगर प्रमुख घनस्याम पाण्डेको प्रमुख आतिथ्यता एवम् वडा नम्बर १७ का अध्यक्ष थलराज पुरीको विशिष्ट आतिथ्यतामा नबनिर्मित भबनको उद्घाटन गरिएको हो ।

उक्त कार्यक्रममा प्रमुख अथिति समेत रहेका पाण्डेले गुजारामुखी कृषि पद्धति रुपान्तरण गरी उत्पादनमुखी कृषि प्रणाली अबलम्बन गर्न आग्रह गर्नुभएको छ । तुलसीपुर उपमहानगरपालीका भित्र ४० हजार घरधुरी बसोबास गर्दै आईरहेको बताउदै मेयर पाण्डेले हरेक घरबाट एक व्यक्ति एक सहकारीमा नजोडिए सम्म आर्थिक विकास हुन नसक्ने बताउनुभयो ।

हिजो खानका लागी कृषि गरियो, अब खानका लागी मात्र हैन खाना संगसंगै बेच्नका लागी उत्पादन गर्न सिमित स्रोत र साधन प्रयोग गरी कृषि उत्पादन गर्न आग्रह गर्दै यसको लागी थप तालीमको आवस्यक परेमा उपमहानगरपालीकाले सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा जिल्ला सहकारी संघ दाङका अध्यक्ष गोबिन्द प्रसाद शर्माले राज्यका तिन खम्बा मध्ये एक खम्बा सहकारी रहेको बताउदै एउटा खम्बा कमजोर भएमा राज्यनै कमजोर हुने बताउनुभयो । सहकारी संस्था स्थानीय सरकारको छिमेकी नभई सन्तान भएको उहाको भनाई छ ।

वडा अध्यक्ष थलराज पुरीले महिलाहरु चुलोचौकोमै सिमित रहनुपर्ने अबस्थाको स्मरण गर्दै अहिले वडाकै सबै भन्दा ठुलो परिवार रहेको संस्था भएकोमा खुसि व्यक्त गर्नुभयो । किसानहरुलाई रासायनीक मलको अभाब भईरहदा सहकारी संस्थाले जिल्ला बाहिरबाट समेत समन्वय गरी किसानका घरघरमा रासायनीक मल उपलब्ध गराएकोमा प्रशंसा व्यक्त गर्दै आगामी वर्षमा पनि वडाको तर्फबाट थप सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

आज उद्घाटन गरिएको नबनिर्मित भबन निर्माणका लागी साना किसान लघुवित्तिय संस्थाबाट चार लाख पचाँस हजार अनुदान, तुलसीपुर उपमहानगरपालीका वडा नम्बर १७ बाट एक लाख तिस हजार र संस्थाको स्रोतबाट २१ लाख ९४ हजार चार सय ८२ गरि कुल २७ लाख ७४ हजार छ सय ८२ रुपैया लागतमा चार कोठे पक्की भबन निर्माण सम्पन्न गरिएको भबन निर्माण समितिका संयोजक सिता बस्नेतले जानकारी दिनुभयो ।

संस्थाका उपाध्यक्ष रुपा बिकको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा जिल्ला सहकारी संघ दाङका अध्यक्ष गोबिन्द प्रशाद शर्मा, कृषि सहकारी संघ दाङका अध्यक्ष पद्मा आचार्य, फर्साराम बस्नेत, ढक बहादुर बस्नेत, भोजराज वली, यज्ञबहादुर बस्नेत, खड्क बहादुर भण्डारी लगाएतकाले शुभकामना मन्तव्य राख्नु भएको थियो । उद्घाटन कार्यक्रमको सहजीकरण संस्थाका प्रबन्धक निमा बिकले गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस