ईन्टर रोटरी–रोट्रयाक्ट फुटसलको उपाधी तिनाउ सिटिलाई

फागुन २२, २०७७  | १६५ पटक पढिएको

लक्ष्मण बस्नेत, फागुन २२, तुलसीपुर ।

दाङको तुलसीपुरमा संचालित ईन्टर रोटरी –रोट्रयाक्ट क्लब फुटसल टुर्नामेन्ट २०७७ उपाधी रोट्रयाक्ट क्लब अफ तिनाउ सिटिले हात पारेको छ ।

रोटरी क्लब अफ तुलसिपुर सिटि र रोट्रयाक्ट क्लब अफ तुलसिपुरको संयुक्त आयोजनामा द लेजेण्ड फुटसल ग्राउन्ड मा सनिबार सम्पन्न फाईनल खेलमा रोट्रयाक्ट क्लब तुलसिपुर लाई ३ का विरुद्ध ११ गोल को फराकिलो अन्तर ले पाखा लगाउदै तिनाउ सिटि ले उपाधी हात पारेको हो ।

उपाधी संगै उसले नगद ३० हजार, तथा ट्रफी, मेडल तथा प्रमाणपत्र हात पार्‍यो ।
फाईनलमा पराजय ब्यहोरेको रोट्रयाक्ट क्लब अफ तुलसिपुर उपबिजेतामा सिमित रहदै नगद १० हजार, ट्रफी, मेडल तथा प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो ।

आपसी भाईचारा कायम राख्ने र ब्यवसायिक फुटसल खेल को बिकासमा थप टेवा पुर्‍याउने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका रोटरी रोट्र्याक्ट क्लबका ८ टिमको सहभागिता रहेको थियो ।

प्रतियोगिताको समापन समारोह रोटरी क्लब अफ तुलसिपुर सिटिका अध्यक्ष सुरेश हमालको अध्यक्षता तथा तुलसिपुर उपमहानगरपालिका वडा न ६ का अध्यक्ष नव राज लामिछानेको प्रमुख आतिथ्य मा भएको थियो ।

सो अबसरमा प्रतियोगिता का बिजेता, उपबिजेता तथा वेस्ट प्लेयर खेलाडी रोट्रयाक्ट क्लब अफ तिनाउ सिटिका प्रवेश क्षेत्री लाई कार्यक्रम का प्रमुख अतिथीले पुरस्कार, ट्रफी तथा प्रमाणपत्र प्रदान गर्नु भएको थियो । कार्यक्रम को संचालन रोटरी क्लब अफ तुलसिपुर सिटिका महासचिव देवेन्द्र केसिले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस