काठमाडौं आइपुगे विप्लव

फागुन २१, २०७७  | १९६ पटक पढिएको

२१ फागुन, काठमाडौं ।

नेत्रविक्रम चन्द (विप्लव) काठमाडौं उपत्यका भित्रिएका छन् । आज बिहान निजी गाडी चढेर नवलपरासीबाट प्रस्थान गरेका उनी केहीबेर अगाडि काठमाडौं भित्रिएका हुन् ।

सुरक्षा स्रोतकाअनुसार उनी नागढुंगा नाकाबाट काठमाडौं आइपुगेका छन् ।

दिउँसो दुई बजे राष्ट्रिय सभागृहमा आयोजना हुने विशेष समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले सम्बोधन गर्ने छन् । सो समारोहमा शान्ति प्रक्रियामा आउने लगायतका विस्तृत सम्झौतामा दुवैले हस्ताक्षर गर्ने छन् ।

समारोहमा सहभागी हुन विप्लव काठमाडौं जान लागेको सूचना पाएपछि प्रहरीले चितवनबाट स्कर्टिङ गरेको थियो । उनी शुक्रबार बिहानै नवलपरासीबाट काठमाडौंका लागि प्रस्थान गरेका थिए ।

अनलाइनखबर

प्रतिक्रिया दिनुहोस