विप्लव समूहसँग वार्ता गर्न गृहमन्त्रीको नेतृत्वमा वार्ता टोली गठन

फागुन १८, २०७७  | ३०१ पटक पढिएको

१८ फागुन, काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) सँग वार्ता गर्न सरकारले गृहमन्त्री रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरेको छ ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङका प्रेस विज्ञ राजेन्द्र मानन्धरका अनुसार सराकारी वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई सदस्य रहेका छन् ।

विप्लव समूहले सरकारसँग वार्ता गर्न तयार रहेको केही दिनअघि विज्ञप्तिमार्फत जानकारी गराएको थियो । सरकारका प्रतिनिधिले पनि अनौपचारिकरुपले सो दलका नेताहरुसँग सम्पर्क गर्दै आएका थिए ।

सरकार र विप्लव माओवादीसँग वार्ता गर्न टोली नै गठन भएपछि त्यसलाई सकारात्मकरुपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस