पार्टी एक हुनुपर्ने माग लिएर वामदेव गौतम प्रचण्ड निवासमा


१३ गते, काडमाडौं,

नेकपाका उपाध्यक्ष वामदेव गौतम पार्टी एक हुनुपर्ने माग लिएर अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)निवासमा पुगेका छन् ।
बिहीवार बिहान दुवै नेताबीच करीब १ घण्टा कुराकानी भएको थियो ।

खुमलटार स्रोतका अनुसार गौतमले प्रतिनिधि सभा पुनःस्थापनापछिको अवस्थामा पार्टीलाई एक राख्न पहल गर्ने जिम्मा प्रचण्डकै काँधमा आएको छलफलका क्रममा बताएका थिए ।
तपाईंले अब पार्टी एकताको आह्वान गर्नुस्, गौतमको भनाइ उदृत गर्दै स्रोतले भन्यो, अब बल तपाईंको कोर्टमा छ ।

प्रतिक्रिया दिनुहोस