नेकपा प्रचण्ड–माधव समूहको ६८ जिल्लामा नेतृत्व चयन


१० फागुन, काठमाडौं ।

पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ६८ जिल्लाका अध्यक्ष र सचिवको जिम्मेवारी तोकेको छ।
पार्टीले माघ १ र २ गते बसेको स्थायी कमिटी बैठकको निर्णय अनुसार रिक्त पदहरूमा पदपूर्ति गर्न केन्द्रीय सचिवालयलाई अधिकारअनुसार ६८ जिल्लाको पदाधिकारी टुङ्ग्याइएको जानकारी दिएको छ।

ती जिल्लामा पूर्वएमाले र पूर्वमाओवादीबीच भागबण्डासहित पदाधिकारीको जिम्मेवारी तोकिएको हो।
बाँकी जिल्लाको जिम्मेवारी पनि यथाशीघ्र टुङ्गो लगाइने पार्टीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस