लालपुर्जा पाउँने लालचमा सयौं सालका रुख काटियो

फागुन ०९, २०७७  | १६९ पटक पढिएको

तुलसीपर,

लालपुर्जा पाउनको लागि एउटा राष्ट्रिय वनमा केही स्थानिय ब्यक्तिहरुले सयौँ सालका रुखहरु काटेका छन् ।

तुलसीपुर उपमहानगरपालिका–८कटकुँइया स्थित गुह्य डाँडामा सयौँ सालका रुखहरु काटेको स्थानियहरुले बताएका छन् ।

सालका रुखहरुले भरिएको डाँडा गाउँलेले फागुन–४, गतेको आसपासमा मिलेर रुख काटेपछि हाल उजाड बनेको छ । साना, ठूला सबै रुखहरु काटेर त्यो ठाउँ आफुहरुले भोगचलन गर्दै आएको देखाउन उनीहरु ती सालका रुखहरु काटेर स्थानीयहरुले बताए ।

डाँडाको सिधँै प्रति जग्गा भएका व्यक्तिहरुले सालका रुखहरु काटेर सखाप पारेका छन् । उनीहरुले आफुले भोगचलन गरेको देखाउन र सुकुम्बासी, भुमिहिन, अब्यवस्थित बसोबासको लागि फारम भरेर जग्गाको पूर्जा पाउँनको लागि ति रुखहरु काटेको हुन सक्ने स्थानियहरुको भनाइ छ । तर, ति रुखहरु कसले काटेको हो । त्यस बारेमा भने स्थानियहरु बोल्न चाहादैनन् ।

ति रुख भएको ठाउँ ब्यक्तिहरु जग्गा नभएको र आफु उपचारको लागि बाहिर गएको बेला रुखहरु कसले काटेको हो थाहा नभएका र रुख काटेको देखिपछि तुलसीपुर सब डिभिजन कार्यालयलाई जानकारी गराएको नजिकै रहेको महालक्ष्मी सामुदायिक वनका अध्यक्ष ताराप्रसाद देवकोटाले बताए ।

यता राष्ट्रिय वन अन्तरगत रहेको उक्त डाँडामा रहेका २ सय ४८ सालका बलाबलीहरु काटेको तुलसीपुर सब डिभिजन कार्यालयका सहायक वन अधिकृत विनोद साहले बताएका छन ।

भूमिहिन दलित, सुकुम्बासी तथा अब्यवस्थित बसोबास गरिरहेका ब्यक्तिहरुलाई पूर्जा वितरण गर्न सरकारले लगत संकलन गरिरहँदा वन मासेर जग्गा प्राप्त गर्ने लालचका कारण उक्त रुखहरु काटेको हुन सक्ने उनले बताए ।

साथै, अहिले आफुहरुले अनुसन्धान गरिहेको र दोषी पत्ता लगाई काननु कारबाही गरिने समेत उनले बताएका छन ।

प्रतिक्रिया दिनुहोस