कालो अंगुरका ५ फाइदा

फागुन ०६, २०७७  | २४७ पटक पढिएको

०६ फागुन, काठमाडौं ।

फलफूल खाँदा स्वास्थ्यलाई फाइदा पुर्याउँछ । जसमध्ये अंगुर खाँदा पनि स्वास्थ्यलाई विभिन्न फाइदा पुर्याउँने चिकित्सकहरु बताउँछन् ।

कालो अंगुर खाँने गर्दा स्वास्थ्यलाई निकै फाइदा पुग्छः

१. स्मरणशक्ति बढाउँछ

कालो अंगुरको नियमित सेवनले स्मरण शक्ति बढ्छ । कालो अंगुरले दिमागको कार्यक्षमता बढाउँछ ।

२. इन्सुलिन बढाउँछ

कालो अंगुरमा रेसवार्टल नामक पदार्थ पाइन्छ जसले इन्सुलिन बढाउने काम गर्छ ।

३. कोलेस्ट्रोल नियन्त्रण गर्छ

कालो अंगुरमा पाइने साइटोकेमिकल्सले मुटुलाई फाइदा पुर्याउँछ । यसले कोलेस्ट्रोल पनि नियन्त्रण गर्छ ।

४. कपाल

कपालसँग जोडिएका समस्याहरुबाट हैरान हुनुहुन्छ भने कालो अंगुर खाने गर्नुपर्छ । यसमा भिटामिन ई को मात्रा भरपुर हुने भएकाले यसले कपाललाई निकै फाइदा पुर्याउँछ ।

५. तौल घटाउन

कालो अंगुर खाँदा तौल कम गर्न पनि मद्दत पुग्छ ।

प्रतिक्रिया दिनुहोस