तुलसीपुर उद्योग बाणिज्य संघको अध्यक्षका उम्मेदवार चालिसेको अग्रता कायमै

फागुन ०२, २०७७  | १६६ पटक पढिएको


२ फागुन, दाङ ।

तुलसीपुर उद्योग बाणिज्य संघको निर्वाचनमा बाम प्यानलका अध्यक्षका उम्मेदवार राम प्रसाद चालिसेको अग्रता कायमै रहेको छ । आज आईतवार विहान ७ बजे सम्म एक हजार चार सय मतगणना हुदा चालिसले ७ सय ६८ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्धन्द्धी प्रजातान्त्रीक प्यानलका टेकन प्रसाद बस्नेत हिमालले ७ सय ८ मत प्राप्त गगर्नुभएको छ । यस्तैगरी उद्योग उपाध्यक्ष तर्फ ललितजंग शाहले ७ सय ७८ मत प्राप्त गर्नुभएको छ भने यज्ञ बहादुर केसीले ६ सय ५७ मत लिनुभएको छ ।
निर्वाचन समितिका अनुसार बाणिज्य उपाध्यक्षमा मिनराज भण्डारीले ८ सय ९० र गोकणर् गिरी ५ सय ३७ , खुल्ला उपाध्यक्षमा रुप बहादुर खत्रीले ७ सय ८० र तुलसीराम न्यौपानेले ६ सय २१ मत प्राप्त गगर्नुभएको छ । संघको नयाँ नेतृत्वका लागी शनिवार भएको मतदान भएको थियो । जसमा एक हजार छ सय ५९ जनाले मतदान गरेका थिए । मतदान शनिवार अवेर सकिएको हो भने गएराती देखी सुरु गरिएको मतगणना जारी छ ।

प्रतिक्रिया दिनुहोस