तुलसीपुर उबासको निर्वाचनमा १२ सय वढि मत खस्यो समय डेढ घण्टा थपियो

फागुन ०१, २०७७  | १४३ पटक पढिएको

१ फागुन, तुलसीपुर
तुलसीपुर उद्योग वाणिज्यसंघको निर्वाचनकालागि १ हजार दुइ सय बढि जति मत खसेको छ ।

शनिबार दिउसो साढे ४ बजेसम्म करिब एक हजार २ सय भन्दा वढि मत खसेको निर्वाचन समितिले जानकारी दिएको छ । मतदाता १ हजार ८ सय ६ व्यवसायीहरु रहेका छन ।
विहान ८ बजेदेखि सुरु भएको मतदान प्रक्रिया बेलुका ४ बजेसम्म थिउो भने मतदाताको मागलाई मध्य नजर गरेर साढे पाँच वजेसम्म थप गरेको निर्वाचन समितिका सदस्य रामशरण चौधरीले बताए ।

तुलसीपुर उद्योग वाणिज्यसंघको मुख्य कार्यालयमा मतदान भइरहेको छ । संघको १७ सदस्यीय पदाधिकारीका लागि ४१ जना चुनावी प्रतिपर्धामा उत्रिएका छन् ।

वामपन्थी प्यानलबाट रामप्र्रसाद चालिसे र प्रजातान्त्रिक प्यानलवाट टेकन प्रसाद बस्नेत (हिमाल) चुनावी मैदानमा छन् ।

प्रतिक्रिया दिनुहोस