हामी गौतमहरुको अदिमस्थल गोतामकोटको एक परिचय

माघ २१, २०७७  | १०६४ पटक पढिएको

२१ माघ, बिजौरी ।

ऋषि महर्षिहरुको तपोभूमि, सनातनधर्मको उर्वर क्षेत्र देवगणहरुको कृडास्थल, प्राकृतिक बरदानले भरिपूर्ण धर्म संस्कृतिको खानी तात्कालीन सिंजा राज्य अन्तर्गत पर्ने रुकुम जिल्लामा अवस्थित ऐतिहासिक पुण्यक्षेत्र हो ।

गोतामकोट जो संधैं पबित्र र पावन छ । उर्वर र सितल छ । जसको दर्शन मात्रले पनि मानसिक र शारीरिक उर्जा पैदा हुन्छ । त्यस्तो पुण्यभूमिमा बसोबास गर्ने मानव जातिको वंश विकास र विस्तार नहुने त कुरै भएन । जसको प्रदीप्त उत्पादन हो । गोतामे अर्थात गौतम वंश ।

यो प्रसिद्ध भूमि ठुलीभेरी नदीको देवे्रकाखमा अवस्थित छ । कोट नामले परिचित भए पनि यो एक सुन्दर उपत्यका हो । गोतामकोट लगायत रुकुमकोट प्रसिद्ध छन् । यो जुम्ला जिल्लाका आठ दरा मध्ये भोटानदरा (हालको डोल्पा) सँग जोडिएको छ ।

यस क्षेत्र हिमाली तथा उच्च पहाडी हावापानीबाट यस क्षेत्रमा जीवन बुटी (यार्चा) लगाएत सबै प्रकारका अन्नबाली, विभिन्न जडिबुटी वनस्पति जीवजन्तु पाइन्छन् । उच्च हिम श्रृङ्खलाको मनोरम दृश्य तालतलैया आदिका कारण हाल पर्यटकीय गन्तव्यका रुपमा विकसित हुँदै गएको छ ।

यो क्षेत्र कसरी हाम्रा पूर्वजहरुले विर्ता स्वरुप प्राप्त गरे भन्ने विषयमा एक किंवदन्ती प्रसिद्ध छ । रुकुमकोटमा एक बोकसे भन्ने जाँड राजाले राज्य गर्दथ्ये उनको स्वभाव अत्यन्त कुर दानवीय प्रवृत्तिको थियो । जसका कारक आजीत जनमानसलाई मुक्ति दिलाउन ब्राह्मणहरुले एक योजना रचना गरी जुम्लाका राजा पिथैवम्मसँग सल्लाह गरी यी दुबै राजाको मित लगाउने योजना निर्माण भयो ।

मित लगाउने समयमा चातुर्यतापूर्वक एक खाडलमाथि आसन लगाई ती जाड राजालाई बस्न लगाइयो । त्यसै बखत खाडलमा खसेका बोकसे जाडराजालाई माथिबाट ढुङ्गाले थिचि मारियो र तिनै पिथैवम्म समाल ढुकुरीलाई नयाँ राजा घोषणा गरियो । यस जनउद्धारको सुखद् समाचारबाट जुम्लाका सिंजापति प्रसन्न भई उक्त क्षेत्र गोतामे उपाधि सहित बृताबक्स भएको हो ।

पछि रणबहादुर शाहको पालामा उक्त क्षेत्र बासठी हरणमा परेको भनिन्छ । यसबाट के पुष्टि हुन्छ भने त्यहि गोतामकोटमा बसोबास गर्ने हाम्रा पिता पुर्खाले गोतामे उपाधि सहित बृता प्राप्त गरेकाले गोतामे भनि चिनिन थालेका हुन् । तत् पश्चात् सामयिक परिवर्तन बसाई सराईको क्रम अनुसार फैलदै जाँदा गोतामे थले चिनिन थाले र गोतामेबाट गौतम लेख्ने परम्परा विकसित भई हाल गौतम थरले विश्वभर चिनिन्छन् ।

यसरी वैदिक कालदेखिनै आफ्नो सनतनीय धर्म परम्परा शास्त्रअध्ययन ज्ञानगुणले सम्पन्न ब्राह्मणका सन्तती रुकुमको गोतामकोटमा आइपुगे पश्चात् हामी सबै गौतम हुन गएका हौं । त्यस पुण्यभूमिको प्रभाव स्वच्छ र निश्कलङ्क वातावरणको असर देवभूमिको आशिर्वाद आदिका कारण अद्यापि सन्तति जहाँ जुनरुपमा पुगे पनि सामाजिक र उदारवादी भावना धार्मिक स्वभाव प्रजातान्त्रिक चरित्र जागृत रहेको छ ।

भनिन्छ यथावारी तथा मति यथा अन्नम् तथा शरीरम् अर्थात हावा पानी जस्तो ग्रहण हुन्छ त्यसै मन र जस्तो अन्न ग्रहण हुन्छ त्यस्तै शरीर बन्दछ । इश्वरीय वरदान प्राप्त स्वर्गीय भूमि गोतामकोट वास्तवमै अद्धितीय छ । जसले हामीलाई कर्मदियो, धर्म दियो संज्ञा दियो त्यस्तो समस्त गौतमहरुको उपज स्थल गोतामकोट अविस्मरणीय छ । जसको पुयण्प्रभाव हामीलाई मिलिरहेको छ । समस्त बन्धुवान्धवको जय होस् ।

प्रतिक्रिया दिनुहोस