‘छ माया छपक्कै’ युट्युवमा आयो

माघ ०७, २०७७  | १०६ पटक पढिएको

०७ पुस, काठमाडौं ।

गतबर्षको दशैंमा रिलिज भएको नेपाली चलचित्र ‘छ माया छपक्कै’ युटुबमा रिलिज गरिएको छ ।

चलचित्रको डिजिटल अधिकार लिएको आमा अग्नीकुमारी मिडियाले यो चलचित्रलाई आफ्नो च्यानल मार्फत रिलिज गरेको हो ।

चलचित्रको पाइरेसी भएपछि यसलाई हतारमा युटुबमा रिलिज गरिएको छ । निर्माता तथा कलाकार दीपकराज गिरी र उनको टिमले चलचित्रको पाइरेसी कपी युटुबमा छ्याप्तछ्याप्ती भेटिन थालेपछि यसको निर्माणपक्षले हतारमा चलचित्र रिलिज गरेको हो ।

गतबर्षको सर्वाधिक ग्रस कमाई गर्न सफल यो चलचित्रलाई रोहित अधिकारीले निर्माण गरेका हुन् भने दीपेन्द्र लामा यसका निर्देशक हुन् ।

चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी, सुपुष्पा भट्ट लगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार