देशको विकासलाई गतिदेऊ

माघ ०७, २०७७  | १०३ पटक पढिएको

०७ माघ, बिजौरी ।

पछिल्लो चरणमा देशमा भएको राजनीतिक परिवर्तनले देशको विकासमा अवरुद्ध गर्छ की भन्ने कता कता चिन्ता बढेको छ । हरेक क्षेत्रमा अहिले चिन्ताको विषय बनेको पनि छ । ५ वर्षमा हुने चुनाव एक्कासी तोकिदिंदा स्थिर सरकारको कुनै पनि परिकल्पना गर्न सकिदैन ।

सबैलाई ५ वर्षमा चुनाव हुन्छ भन्ने ढुक्क थियो । विकासले पनि गतिलिने छ भन्ने विश्वास थियो । चुनावका नाममा अरबैं रुपिया खर्चबाट बचेर उक्त पैसा विकासमा खर्च होला भन्ने पनि थियो तर त्यो सबै सपनामै कैद भए ।

पछिल्लो देशको गतिविधिलाई हेर्ने हो भने चुनाव पनि हुन्छ की हुँदैन भन्ने अन्यौल देखिन्छ । देशको ठूलो दल नेकपा यतिबेला दुई समूहमा विभाजित भएको छ । यो विभाजनले राजनीतिक अन्यौता पनि थपिएको छ । यहाँ स्थिर सरकारको आस गरेका नेपाली जनताहरु यो राजनीतिक किचलोका कारण चिन्तित पनि नहुन कसरी ?

यहाँ स्थानीयदेखि संघसम्म नेकपा दुई तिहाई सरकार हुँदाको उत्साह निरासामा परिणत भएको देखिन्छ । चुनावका नाममा अरवौं रुपैया खर्च हुँदा देशको अर्थतन्त्र पनि खल्बलिन्छ अनि विकासमा पनि समस्या हुन्छ । जनताहरु संविधानअनुसार स्थायी सरकार चाहन्छन् । तर यो पछिल्लो राजनीतिक घटनाक्रमले विकासलाई कुनै असर नगरोस् । विकासले गति लिन सकोस् ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार