छ महिनामै जन्मेको शिसु स्याहार्दै रेशा…

खेमराज रिजाल  |  माघ ०५, २०७७  | २५६ पटक पढिएको

खुसी छु म आज, हिंजो भन्दा धेरै…

५ गते, तुलसीपुर । एउटा अधुरो सन्तानले जिवन पाइरहंदा तुलसीपुर उपमहानगरपालिका लुहाडवराकि रेशा रावत अत्यन्तै खुसी छिन् । याद गुमाएको आफ्नै शिसुलाइ उनले दुध निचोरेर पाइपवाट खुवाएर बचाउने प्रयासमा छिन् । खुसीछु म आज हिजो भन्दा धेरै..। अर्थात अव मैले जन्म दिएको शिसुलाइ जसरी पनि बचाउछु । ‘हिजो एनआइसियुमा थियो, आज मेरो काखमा आएको छ, मेरै दुध चिनोरेर चम्चाबाट खुवाइरहेकि छु’, तुलसी वाल अस्पतालमा उपचाररत शिशुको स्याहरगर्दै उनले पत्रकारमाझ भनिन् ।

अन्य रोगको जाच गराउन घोराहीको गोरखा अस्पतालमा पुग्दा उनलाइ सुत्केरी व्यथाले च्याप्यो । महिना नपुगेको शिशुको जन्म भयो । सामान्यतया ९ महिनामा जन्मनुपर्ने बच्चा ६ महिनामै सोहि अस्पतालमा जन्मियो । तौल निकै कम थियो । अनि गोरखा अस्पतालले बच्चालाइ तत्काल तुलसी वाल अस्पतालमा लैजान रिफर गर्यो । कारण बच्चाले आमाको दुध चुस्ने कल्प्ना गर्न पनि सकिने अवस्था थिएन । जन्मदा बच्चाको तौल ८ सय ग्राम मात्र थियो । तर तुलसीपुर वाल अस्पतालमा ल्याएपछि बच्चालाइ एनआइसियुमा राखियो, धेरै एन्टिवायोटिक्स, रगत र अन्य भिटामिन पनि दिइयो, अनि अहिले बच्चा आशावादी रुपमा विकाश भैरहेको छ । आमाको काखमा बस्न लायक भएको छ । तौल बढेर साढे दुइ केजी भएको छ ।

‘म अस्पतालका चिकित्सक, नर्स र सवै स्टाफहरुप्रति आभारी छु, उहांहरुको सहयोगलाइ मैले सव्दमा व्यक्त गर्नै सक्दिन’—आमा रेशाले भनिन्, अव म दुइ सन्तानकि आमा बनेकि छु, पहिले छोरी र अहिले छोरा हुर्काउंदै छु । उनले अस्पतालका सवै स्वास्थ्यकर्मि र व्यवस्थापकिय टिमलाइ धन्यवाद दिइन् । संगै उनको सानो सन्तानले अक्सिजन लिइरहेको थियो । किनकि अझै पनि बच्चा परीपक्क भएको छैन । धेरै संक्रमणका खतरा हुन सक्छन् भनेर चिकित्सकहरुले सुझाइरहेको पनि उनले बताइन् ।

यो सायदै दुर्लभ केश हो । बच्चाकालागी एनआइसियु नभएको भए यति सानो तौलको बच्चा बांच्ने कुनै आधार हुने थिएन । तर तुलसीपुरमा खुलेका तुलसी वाल अस्पतालले एउटा अदितिय काम गरेको अभिभावक सन्तोषले बताएका छन् । अस्पतालका सन्चालक डा किशोर खत्री आफु पनि विरामी बच्चालाइ कसरी बचाउन सकिन्छ भनेर विभिन्न मेडिकल अभ्यास गरीरहेको बताए । सकेसम्म नवजात शिशुलाइ कसरी बचाउन सकिन्छ भनेर धेरै आधुनिक उपकरण र औषधि व्यवस्थापन सहित आवस्यक परेको अवस्थामा अन्यत्रलगेर पनि निको पार्ने अभियानमा आफु रहेको उनको अभिव्यक्ति थियो ।

‘प्राक्टिस मेक्स मेन पर्फेक्ट, त्यसै अभियानमा आधुनिक स्वास्थ्य विज्ञानलाइ पछ्याउंदै विरामी वच्चाहरुको उपचारमा लागीरहेका छौं, अहिलेको घटनाले हामीलाइ पनि उत्साहित बनाएको छ’, सोहि बच्चा बचाउन सफल भएको सन्दर्भमा अस्पतालका सन्चालक डा खत्रीले गोरक्षलाइ भने । बच्चा जन्मिने समय तीन महिनापछि थियो, तर विभिन्न समस्याले चाडै जन्मियो, त्यो बच्चालाइ बचाउनुपनि हामीलाइ एउटा चुनौति थियो, त्यसैले गोरखा अस्पतालमा जन्मिएको बच्चालाइ सहजै उपचार गर्ने तयारी गयौं, डा खत्रीले भने । उपचारका दौरानमा नाकबाट पाइप राखेर पोषक पदार्थ खुवाउने, एण्टिवायोटिक्स चलाउने, अक्सिजन दिने लगायतका धेरै काम गरेपछि फेरी बच्चालाइ रगतको कमि भएपछि नेपालगन्ज पठाइएको पनि उनले बताए ।

‘यहां सवै उपचार सकेसम्म गयौं, तर बच्चालाइ आवस्यक पर्ने आरविसि, डव्लुविसि र प्लेछलेछ पनि चढाउनुपर्ने भयो, त्यसैले केहि दिनकालागी नेपालगन्ज मेडिकल कलेजमा हामीलेनै रिफर गरेका हौ’, डा खत्रीले बताए । सायद यति सानो तौल र यति चांडै समयमा बच्चा बचेको अवस्था दुर्लभै हो । उनले यसलाइ मेडिकल साइन्सको भाषमा एक्सट्रम्ली प्रिमेचुअर वेव ीभनेका छन् । यो विरलै हुने अवस्था हो । किनकि बच्चाकि आमामा थाइराइड लगायतका केहि समस्या पनि थिए । तर पनि हामी अहिले गौरवान्वीत भएका छौं, कि ती आमा र नवजात शिशुलाइ सकुशल डिस्चार्ज गर्दै छौं ।

मुलुक नयां अभ्याससंगै हरेक हेल्थपोष्टमा चौविसै घण्टे सुत्केरी सेवा, सवै संस्थामा मात्रिशिशु स्याहार कार्याक्रम, आमा सुरक्षा कार्यक्रम लगायतका लोकपृय कार्यक्रम लागु गरेपनि सरकारी निकायमा दाङ जिल्लाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा तुलसीपुरको प्रादेशिक अस्पतालमा समेत बचाको उपचारकालागी सघन कक्ष निर्माण हुन सकेको छैन । न

वजात शिशुका उपचारकालागी एनआइसियु उपचार कक्ष नहुंदा धेरै आमाहरु सकेसम्म बच्चा जन्माउन यहां चाहंदैनन्, र चिकित्सकले पनि हतपति त्यो रिस्क लिन चाहेको अवस्था छैन । त्यसैले नेपाल सरकारले जतिसुकै नारा दिएपनि आमाहरुले बच्चाको पनि सुरक्षाको ग्यारेन्टी भएको स्थानमा बच्चा जन्माउन जाने गरेका छन् । यसलाइ तुलसीपुर वाल अस्पतालले मात्रे थेग्ने अवस्था नरहेको पनि अभिभावकहरुको गुनासो रहेको छ ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार