विजौरीमा खुल्यो सुविधा सहितको सस्तो पसल

माघ ०४, २०७७  | ६४१ पटक पढिएको

४ गते , विजौरी ।

ग्राहकको मागलाई मध्य नजर गरेर दाङको विजौरीमा सुविधा सहितको सस्तो अल पशल डटकम आज देखी सञ्चालनमा आएको छ ।

विजौरी उद्योग वाणिज्य संघका अध्यक्ष प्रेमनाथ योगीले उक्त पशलको उद्घाटन गर्दे उपभोक्ताको मागलाई मध्यनजर गरि पशल सञ्चालनमा ल्याएकोमा धन्यवाद दिए । साथै मानिस दिनप्रतिदिन व्यस्त भएकोले एकै स्थानवाट सञ्चालित यो पशलले पूर्ति गरेको उल्लेख गरे ।

उक्त पशलका सञ्चालक पूर्ण केसीले अहिलेको मागलाई केहि हदसम्म पूर्ति गर्ने विश्वास गर्दे हरेक सामानमा केहि छुट सहित पाउने जानकारी दिए । उक्त उद्घाटन कार्यक्रमको सहजिकरण संघका सदस्य प्रेम विकले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार