हटेन कोरोना अस्थाइ अस्पताल

खेमराज रिजाल  |  माघ ०४, २०७७  | २२८ पटक पढिएको

क्याम्पस नपाएपछि विश्वविद्यालय प्रांगणमा पढ्दै विद्यार्थी


४ गते बेलझुण्डी ।

विश्वभरका कुनैपनि विश्वविद्यालयका चिकित्साशास्त्र पढ्ने विद्यार्थिहरु क्याम्पस नपाएको अवस्था छैन । विश्वव्यापी कोरोना महामारीमा त चिकित्सा शास्त्र पढ्ने सवै विद्यार्थिहरुलाइ अनिवार्य रुपमा कलेज उपस्थीत हुन आह्वान गरीयो ।

त्रिभुवन व्रिश्वविद्यालय होस वा काठमाण्डौ विश्वविद्यालयका चिकित्सा शास्त्र अध्ययन गर्ने विद्यार्थिहरु लकडाउनमा पनि कलेजमा पुगे । क्याम्पस भवनमै उनीहरुलाइ प्रयोगात्मक अभ्यास संगै प्रयोगात्मक अभ्यास पनि गराइयो ।

कोभिडका विरामीलाइ पनि यसरी उपचार गर्ने भन्ने विषयमा पद्धति सिकाइयो, तर नेपाल संस्कृत विश्वविद्यालय भने प्रदेश सरकारको अस्थाइ कोरोना अस्पताल बनिरहंदा विद्यार्थिहरु फेरी नारावाजीमा उत्रिएका छन् । धेरै नागरीकहरुले होम आइशोलेशनमै बसेर उपचार गरीरहेका छन्, ताकि ती क्याम्पसका विद्यार्थिहरुले आफ्नै क्याम्पसमा पठनपाठन गर्न पाउन र प्रयोगात्मक अभ्यास पनि गर्न पाउन् भनेर । तर प्रदेश सरकारले त नेपाल संस्कृत विश्वविद्यालयलाइ आफ्नै संपत्तिका रुपमा प्रयोग गरीरहेकोमा आफुहरुको आपत्ति रहेको विद्यार्थिहरुको भनाइ थियो ।

आइतवार अफिस समय अगावै उनीहरु कोरोना अस्थाइ अस्पतालमा पुगेर फेरी पहिलेकै नारा दोहो¥याए, हाम्रो क्याम्पस हामीलाइ दे, समयमै विएएमएसको कोर्ष सकाउ, हामीलाइ विश्वविद्यालयको अभिभावकत्व चाहिन्छ, पैसा हामीले तिरेका छौं, नतिजाकालागी आतुर छौं । आइतवारको नारावाजीलाइ अझै विश्वविद्यालयले आधिकारीक रुपमा संबोधन गर्न सकेको छैन । क्वारेन्टाइन राख्न र आइशोलेशन वार्ड बनाउने नाममा मुलुकको अरबौं रुपैया खर्च भएको छ । घोराही र तुलसीपुर उपमहानगरपालिकाले पनि अस्वाभाविक रुपमा भाडा तिरेरै आइशोलेशन वार्डमा धेरै बजेट खर्च गरे । तर अव विश्व लकडाउन मुक्त भैरहंदा पनि वेलझुण्डीमा आयुर्वेद चिकित्सा पढ्ने विद्यार्थिहरुमाथी स्थानीय सरकारको पनि सुन्य रेस्पोन्स भएको छ ।

‘हामीलाइ हाम्रो कलेज चाहिएको मात्रै हो, हामी घरमै पढेर चिकित्सक बन्न सक्दैनौं, कसैको व्याक्तिगत स्वार्थ हामीलाइ थाहा छ, तर पदाधिकारीहरु मौन बस्नु अत्यन्तै दुर्भाग्यपुर्ण हो’—विएएमएसका विद्यार्थि हेमराज पन्तले भने । उनी छैठौ व्याचका विद्यार्थि हुन् । उनलाइ प्रयोगात्म कक्षा मात्रै अव आवस्यक छ, तर उनीहरुलाइ फेरी विजौरीमा सार्ने अभ्यास भएपछि उनीसंगै आम विद्यार्थिहरुले विजौरीमा पढ्न चाहेका छैनन । किनकि विजौरीमा अस्थाइ कोठा बनाउनुभनेको फेरी पनि विद्यार्थिहरुलाइ अन्योलमा पार्नु मात्रै हो ।

प्रदेश सरकारका अस्पतालहरुलाइ अनियमितताको आरोप पनि सार्वजनिक लेखा समितिले लगाइसकेको अवस्था छ । तर पनि अस्पतालले आधिकारीक खर्च विवरण देखाउन सकेका छैनन् । विरामीलाइ उपचार गर्नुको साटो अनियमितताका लागि मात्रै वेलझुण्डिि कोरोना विशेष अस्पताल चल्न थालेका आम नागरीकहरुको बुझाइ छ ।

नेपाल सरकारले तोकेको प्रादेशिक अस्पताल दाङ जिल्लामा तुलसीपुरको अस्पताल मात्रै हो । ५/७ जना विरामीलाइ तुलसीपुर प्रादेशिक अस्पतालको एउटै कोठामा व्यवस्थापन गर्न असहज छैन । तर पनि प्रदेश सरकार यो विषयमा किन बोलिरहेको छैन? विद्यार्थिहरुको त्यहि माग थियो आइतवारको आन्दोलनमा पनि । हामी एउटै मागमा आन्दोलन गरीरहेका छौं, तर न हाम्रा पदाधिकारीहरुले हाम्रो आवाज सुनिरहेका छन्, नत प्रदेश सरकार र संघिय सरकारले ।

अनलाइन कक्षाले मात्र चिकित्सक बन्नकालागी प्रयाप्त छैन, यसकालागी भौतिक उपस्थीतिबीचमै पढाइ सुरुगर्न पनि विद्यार्थिहरुले आग्रह गरेका छन् । सवै अनलाइन कक्षाबाट हुन्छ भने क्याम्पसका भौतिक संरचनाहरु किन बनाउनुपर्यो? घरबाटै विएएमएस पास गराइन्छ भने विद्यार्थिहरुले त्यहि अनुरुपको अपेक्षा गर्नुपर्ने हो, अन्यथा हामीलाइ शुल्क तिरे अनुरुपको पाठ्यक्रम अनुरुपको पढाइ होस भन्ने हो ।

विद्यार्थिका माग जायजः डिन पोख्रेल

विद्यार्थिहरुले क्याम्पस फिर्ता आन्दोलन गरीरहदा नेपाल संस्कृत विश्वविद्यालय आयुर्वेद अध्ययन संस्थानका डिन प्राध्यापक डा सन्जय पोख्रेलले विद्यार्थिहरुका माग जायज भएको बताएका छन् । कम्तिमा एक बर्ष उनीहरुले अनलाइन कक्षामा थ्योरी अध्ययन गरे, तर अव उनीहरुलाइ प्रयोगात्मक कक्षाकालागी क्याम्पस भवन चाहिन्छ, हामीले पनि यो विषयमा विश्वविद्यालयका पदाधिकारी तथा प्रदेश सरकारका अधिकारीसंग कुरा गरीरहेका छौं’—डिन पोख्रेलले भने । कोभिड विशेष अस्पताललाइ चांडै अ्रन्यत्र व्यवस्थापन गरी त्यहां विएएमएसका विद्यार्थिहरुको पठनपाठन नियमित गर्न आफु पनि अत्यन्तै आतुर रहेको पनि उनको अभिव्यक्ति थियो ।

चिकित्सा शास्त्रमा अनलाइन पढाइ एउटा सेमेस्टरकालागी स्वाभाविक हुन सक्छ, तर फेरी पनि अनलाइनमै पढाइले विद्यार्थिहरुले प्रयोगात्मक कक्षा लिन सक्ने अवस्था रहदैन । प्रयोगशालाको प्रयोग तथा पुस्तकालयको प्रयोग पनि नरहेपछि विद्यार्थिहरु कसरी चिकित्सक बन्छन् भन्नेमै प्रश्न चिन्ह खडा भएको छ । यदि विश्वविद्यालयका पदाधिकारीहरुले अझैपनि सो क्याम्पसलाइ अस्थाइ कोरोना अस्पताल बनाउन खोजे भने त्यो सवै विश्वविद्यालयको तुलनामा नेपाल संस्कृत विश्वविद्यालयको शिकाइ पद्धतिमै प्रश्न चिन्ह खडा हुने पनि अभिभावकहरुको भनाइ छ ।

मुख्यमन्त्रीले भनेपछि मात्रै अस्पताल सर्छः मेसु विनोद सिंह

यसैबीच तुलसीपुर प्रादेशिक अस्पतालका मेसुसंगै कोरोना विशेष अस्पतालका सदस्य सचिव समेत रहेका डा विनोद सिंहले प्रदेश सरकारका मुख्यमन्त्रीले भनेअनुसार हुने बताएका छन् । उहांकै आग्रहमा वेलझुण्डिमा कोरोना विशेष अस्पताल राखिएको भन्दै मुख्यमन्त्रीले आवस्यक निर्देशन दिएपछि मात्रै अस्पताल हट्ने अडान दोहो¥याए । हामीलाइ अन्तै अस्पताल व्यावस्थापन गनेै भन्ने कुनै आदेश आएको छैन, आदेश नआउदासम्म हामीले वेलझुण्डीमै कोरोना विशेष अस्पताल चलाउने हो’, मेसु सिंहले भने ।

यसैबीच विद्यार्थी प्रतिनिधि र विश्वविद्यालयका पदाधिकारीबीच पनि कोरोना अस्पतालको कहां व्यावस्थापन गर्ने र विद्यार्थिलाइ कहां पढाइको व्यवस्थापन गर्ने सन्दर्भमा छलफल भएको थियो । छलफलमा सहभागी विश्वविद्यालयका उपकुलपति यादव लामिछानेले यो विषयमा रजिष्टारले बोल्ने बताउंदै आफुले आधिकारीक अभिव्यक्ति दिन चाहेनन् । रजिष्टार माधव अधिकारीले फोन उठाएपनि आफु मिटिङमा रहेको भन्दै यो विषयमा पछि बोल्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार