राजपुर वडा ७ मा खानेपानीको समस्या

पुष २९, २०७७  |  १०६ पटक पढिएको

राजपुर(देउखुरी)
राजपुर गाउँपालिकाको भैसाही नाकामा खानेपानीको पाइपदेखि लिएर मुहानसम्म अनेकौं समस्या आएकोले खानेपानीको धारा पूर्णरूपमा बन्द हुँदा स्थानीय वासिन्दाहरु मर्कामा परेका छन् ।

बिच बिचमा खानेपानीका पाइपहरु टुटफुट हुनुका साथै कतिपय मसहानहरु पनि सुकेका कारण राजपुर वडा नं. ७ को सिमगजमरी टोलमा खानेपानीको समस्या देखिएको छ ।

राजपुर गाउँपालिकाका नाकाहरुमा खानेपानीको अभाव नहोस् भनी खानेपानी तथा सरसफाई डिभिजन वन कार्यालय दाङले २०७१÷२०७२ सालमा खानेपानीको पाइप, धारा उपलब्ध गराउनुका साथै नियमित रूपमा खानेपानीको धारा सञ्चालन गर्नका लागि पलम्बरको व्यवस्था समेत गरेको थियो जसका कारण केही दिन अघिसम्म कुनै समस्या नआएको स्थानीयवासी बताउँछन् ।

तर सिमगजमरी टोलमा कुनै पनि पानीको श्रोत नहुँदा त्यहाँका बासीन्दाहरुले खोलाको पानी पिउनको लागि प्रयोग गर्दै आएको बताउँछन् गणेश रानाले । उक्त नाकामा खानेपानीको धारा विगत ४÷५ पहिले पुगे पनि एकपटक पनि मर्मत नहुँदा यस्तो समस्या आएको रानाले बताए ।

उक्त खानेपानीका पाइपदेखि लिएर धारका टुटी समेत नभएकाले खानेपानी सञ्चालनमा ल्याउन समस्या आएको छ । खानेपानीको पाइप तथा धारा मर्मतका लागि कुनै पनि निकाय वा सरकारले चासो तथा सहयोग नगरेको स्थानीयवासीको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार