लागुऔषध, चोरी र लुटिएको झुटो खबर गर्ने घटनामा संलग्न पक्राउ

पुष २८, २०७७  |  २२० पटक पढिएको

२८ गते, घोराही,

जिल्ला प्रहरी कार्यालय दाङले विभिन्न अपराधिक घटनामा संलग्न चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । लागुऔषध, चोरी र प्रहरीलाई लुटिएको झुटो खबर गर्ने घटनामा संलग्न विभिन्न चार जनालाई आज प्रत्रकार सम्मेलन गरी जिल्ला प्रहरी कार्यलय दाङले सार्वजनिक गरेको हो ।

दाङमा लागुऔषध ब्राउन सुगरसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही १५ कपासी झिंगौरामा कोठा भाडामा बस्ने २३ वर्षिय प्रकाश गिरी र घोराही १५ को शुभकामना टोलका सन्तोष वलीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय दाङले जनाएको छ । उनिहरुलाई आइतबार दिउँसो ४ बजे घोराही १५ झिंगौराबाट प्रक्राउ गरिएको हो ।

भेटिएको मोवाइल दिदै जिल्ला प्रहरी प्रमुख

घोराही उपमहानगरपालिका १५ झिंगौरामा रहेको गिरीको कोठामा लागुऔषधको कारोवार भैरहेको भन्ने गोप्य सूचनाका अधारमा ब्राउन सुगरको कारोबार गर्दै गर्दा उनीहरुलाई प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय दाङले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

लागुऔषध बिक्री वितरणमा संलग्न वलीको साथबाट ३ ग्राम लागुऔषध ब्राउन सुगर, लागुऔषध तौल गर्न प्रयोग हुने डिजिटल मेसिन एक थान र लागुऔधष ओसारपोसारमा प्रयोग भएको वलीको रा ६ प १५२७ नम्वरको पल्सर मोटर साईकल बरामद गरिएको जिल्ला प्रहरी कार्यलय दाङका प्रमुख गणेश चन्दले जानकारी दिनुभएको हो ।

भेटिएको मोवाइल दिदै जिल्ला प्रहरी प्रमुख

यस्तै प्रतिवादी वलीको कोठा खानतलासी गर्दा लुकाई राखेको थप ७ ग्राम लागुऔषध ब्राउन सुगर र विस्तारामुनी २४ हजार रुपैया फेला परको जिल्ला प्रहरी कार्यलय दाङका प्रमुख चन्दले बताउनु भयो । पक्राउ परेका २ जनामाथी आवश्यक कार्बाही तथा अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

यस्तै पत्रकार सम्मेलनका क्रममा जिल्ला प्रहरी कार्यलय दाङले चोरीमा संलग्न अर्का एक जनालाई सार्वजनिक गरेको छ । घोराही १७ कटुवा खोलाको प्लटिङ क्षेत्रको खुल्ला चौरबाट डिजिटल क्यामेरा र मोबाईल लुट्ने एक जनालाई सार्वजनिक गरिएको हो ।

घोराही १४ स्थाई ठेगाना भएका साहिद कवडियालाई उनले लुटेर क्यामेरासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय दाङका प्रमुख चन्दले बताउनु भयो । यस्तै पक्राउ परेका कवडिया माथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यस्तै आफु लुटिएको भनेर प्रहरीलाई झुटो खवर गर्ने एक जनालाई दाङ प्रहरीले सार्वजनिक गरेको छ । आफु लुटिएको भनेर प्रहरीलाई झुटो खवर गर्ने रोल्पा सुनछहरी गाँउपालिका वडा नम्वर ६ का २५ वर्षिय हुकुम पुनलाई दाङ प्रहरीले सार्वजनिक गरेको हो ।

पुनले रोल्पाकै फगामका हरी पुनलाई तिर्नु पर्ने चार लाख रुपैया नतिर्ने मनसायका साथ आफु लिटिएको झुटो खवर प्रहरीलाई गरेका थिए । पैसा तिर्नु पर्ने दायित्वबाट बञ्चित हुनको लागि घोराहीको सहिद गेटबाट आफु लुटिएको भन्दै प्रहरीलाई खवर गरी अपवाह फैलाएको बुझिएको प्रहरीले बताएको छ ।

आफु लुटिएको भनेर प्रहरीलाई झुटो खबर गर्ने सुनछहरी गाँउपालिका ६ का २५ वर्षिय हुकुम पुनलाई सार्वजनिक शान्ति विरुद्धको कसुरमा थप अनुसधान भैरहेको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।

यस्तै विभिन्न समयमा हराएका मोवाईल फेला पारी मोवाईल धनीलाई सम्पर्क गरी बुझाउने काम भैरहेको प्रहरीले जनाएको छ ।

विभिन्न ब्राण्डका १३ थान मोबाईल मोबाईल खोजी तथा अनुसन्धान शाखाको संक्रियतामा फेला पारिएको र मोबाईल धनीलाई बुझाउने कार्य भैरहेको जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख चन्दले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस