राप्रपाले दाङले मनायो पृथ्वी जयन्ती

पुष २७, २०७७  |  २३४ पटक पढिएको

२७ पुस, दाङ

राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति दाङले एक कार्यक्रम गरी राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको २९९ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको छ।

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले सिङ्गो नेपाल बनाउन गरेको कार्यको चर्चा कार्यक्रममा गरीएको थियो। राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले नेपाल एकीकरण अभियान सञ्चालन गरी सिङ्गो नेपाल निर्माण नगरिदिएको भए नेपाल अनि नेपालीको पहिचान नहुने कुराको चर्चा कार्यक्रममा बोल्ने वक्ताहरुले गरेका थिए।

आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहलाई सम्मानमा कन्जुस्याई गर्न नहुने कार्यक्रममा उपस्थित बक्ताहरुको भनाई थियो।

राप्रपा दाङ जिल्ला अध्यक्ष क्षेत्रबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा राप्रपा केन्द्रीय सदस्य तेजबहादुर बस्नेत, वंशीकुमार शर्मा, मिना स्वर्णकार,नरेशजंग राणाले पृथ्वीनारायण शाहको योगदानको बिषयमा चर्चा गरेका थिए।

कार्यक्रममा राप्रपा लुम्बिनी प्रदेश सदस्य किशोरकुमार न्यौपानेले आफ्नो भनाई राखेका थिए । राप्रपा दाङ जिल्लाका यूवानेता उमाकान्त भण्डारी कुलराज न्यौपाने, शोभाकर थापा, ललित पोखरेल, त्रिभुवन थापा, धुर्ब गौतम र नरबहादुर बुढाथोकी लगायतका बक्ताहरुले आफ्नो भनाई राखेका थिए।

राप्रपा घोराही नगर सदस्य महेश न्यौपानेले राष्ट्रनिर्माताका विषयमा कविता बाचन गरेका थिए भने कार्यक्रमको सञ्चालन राप्रपा दाङका सचिव श्रीमणी न्यौपानेले गरेका थिए।

प्रतिक्रिया दिनुहोस