प्रदेश प्रहरीको जातीय छुवाछुतको अन्त्यसम्बन्धी ३ दिने अभियान

पुष २७, २०७७  |  ४६ पटक पढिएको

२७, पुस, तुलसीपुर ।

लुम्बिनी प्रदेश प्रहरीले जातीय रोकथाम वालविवाह तथा छुवाछुतका लागि तीन महिने अभियान सुरु गरेको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार बैदवारले एक प्रेस नोट जारी गर्दै जातीय बालविवाह तथा छुवाछुत रोकथामका लागि तीन महिने अभियान सुरु गरेको बताएका छन् ।

लुम्बिनी प्रदेशका १२ जिल्ला र ५३ ईलाका प्रहरी कार्यालय गरी ६५ प्रहरी कार्यालयबाट उक्त अभियान सञ्चालन गरिने बताए साथै तीन दिनको अभियानमा कम्तिमा जम्मा ३ सय ९० वटा कार्यक्रमहरु सञ्चालन हुने जानकारी दिए ।

उक्त जारी प्रेस नोटमा समुदायमा हुने जातीय छुवाछुत तथा बालविवाह जस्ता अपराध नियन्त्रण गर्न सचेतनामूलक कार्यक्रम तथा पर्चा, पम्पलेट वितरण गरी विद्यालयस्तरमा समेत प्रशिक्षण प्रदान गरिने उल्लेख गरिएको छ ।

बैदवारले उक्त तीन दिने अभियानको उद्देश्य समाजमा हुने जातीय छुवाछुत तथा वालविवाह जस्ता अपराधको रोकथाम तथा नियन्त्रण कार्यमा सहयोग पुर्याई जातिय विभेद तथा बालविवाह मुक्त समाजको सिर्जना गर्नु रहेको बताएका छन् ।

साथै यस अभियानलाई उपलब्धिमुलक बनाउन सबै जना आ–आफ्नो तर्फबाट सक्रिय सहभागी बन्न र कसैमाथि यस्तो अपराध भएमा वा भईरहेको थाहा पाएमा प्रहरी लाई सूचना दिई सचेत नागरिकको पहिचान दिन बैदवारले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस