क्वाइनिसद्धारा सितलपुर शवदाह गृहको अनुगमन

पुष २६, २०७७  |  ३९२ पटक पढिएको

२६ गते , तुलसीपुर ।

दाङको सितलपुर सबदाह गृहको सरसफाई व्यवस्थापनको लागि आज क्वाइनिस राप्तीले अनुगमन गरेको छ ।

उक्त शवदाह गृहको वरिपरि अब्यवस्थित रुपमा फोहर भएको जानकारी पाए पछि क्वाइनिस राप्तीका अध्यक्ष विमल पोख्रेल जेठुको नेतृत्वमा आज उक्त स्थानको निरिक्षण गरेको छ ।

उक्त स्थानमा तुलसिपुर उपमहानगरपालिका का ११ वडा अध्यक्ष चित्र बहादुर ओली, सदस्य सुवास डिसि क्वाईनिस कल्वका, निर्देशक दामोदर भण्डारी, सदस्य बंशिकुमार शर्मा , मानवअधिकारकर्मि सुस्मा गिरि लगायतकालेको उपस्थित रहेको थियो ।

उक्त स्थानमा वर्डा कार्यलय र क्लव मिलेर सरसफाइ , ब्यबस्थापन गर्ने क्लवका उपाध्यक्ष हेमन्त प्रकाश वलीले बताएका छन

प्रतिक्रिया दिनुहोस