‘बजाज डोमिनार २५० सिसि’ बजारमा

पुष २६, २०७७  |  २२७ पटक पढिएको

२६ पुस, तुलसीपुर ।

बजाज मोटरसाइकलको आधिकारिक विक्रेता तुलसीपुरको घोराही रोडमा रहेको क्रस ब्रदरले आज आइतबार नयाँ ‘बजाज डोमिनार २५०सिसि’ लञ्च गरेको छ ।

बजाज डोमिनार २५० को नेपाल मूल्य रु. ४ लाख ८९ हजार नौं सय तोकिएको छ ।

क्यान्योन रेड र चार्कोल ब्ल्याक रंगमा उपलब्ध रहेको नयाँ बजाज डोमिनार २५० मा पहिलेको पावरफुल र लोकप्रिय स्पोर्टस मोटरसाइकल, बजाज डोमिनार ४०० मा रहेको थुप्रै विशेषताहरु राखिएको छ ।

साथै यसमा अगाडि ३०० एमएम डिस्क छ भने पछाडि २३० एमएम डिस्क छ । नयाँ बजाज डोमिनार २५० डुअल–च्यानल एबीएसमा पनि उपलब्ध छ

बजाजको मोटरसाइकिल खरिद गर्दा नगद कारोबार गरे दस हजार छुट दिने सञ्चालक प्रदिप केसीले बताए ।

केसीका अनुसार बाइक एक्सचेनजमा १५ हजार, एक्स्ट्रा भ्यालुएसन फाइनान्समा जिरो प्रतिशत व्याजदरमा छुट पाइने बताए ।

उक्त अफर यही पुस २६ देखि माघ २ गतेसम्म बजाजका सम्पूर्ण बाइकहरुमा लागू हुने सञ्चालक केसीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस