सुनको मुल्य तोलामा २३०० रुपैयाँ घट्यो


२६ पुस, काठमाडौँ ।

आइतबार सुनको मुल्य तोलामा २ हजार ३०० रुपैयाँ घट्यो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार गत शुक्रबार ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज आइतबार ९३ हजार रुपैयाँमा कारोबार हुनेछ ।

सोहि परिमाणको तेजावी सुनलाई प्रतितोला ९२ हजार ५०० रुपैयाँ पर्नेछ ।
यता, चाँदीको भाउमा समेत भारी गिरावट आएको छ । यसअघि प्रतितोला १ हजार ३३० रुपैयाँमा कारोबार चाँदी आज प्रतितोला एक हजार २७० रुपैयाँ पर्ने महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस