बिजौरी वजारमा सार्वजनिक शौचालय निर्माण

पुष २५, २०७७  |  ४२४ पटक पढिएको

२५ पुस, बिजौरी ।
दाङको बिजौरीमा सार्वजनिक शौचालय निर्माण गरिएको छ । बिजौरी उद्योग वाणिज्य संघको पहल तथा स्थानीय सरकार र विभिन्न संघसंस्थाको सहयोगमा सार्वजनिक शौचालयको निर्माण गरिएको हो ।

खुल्ला दिशामुक्त क्षेत्र घोषणा भएको लामो समय हुँदा पनि विजौरी क्षेत्रमा सार्वजनिक शौचालय नभएपछि संघको पहलमा करिब ८ लाखको लगानीनमा शौचालय निर्माण गरिएको निर्माण समितिका संयोजक तथा संघका उपाध्यक्ष बालकृष्ण रेग्मीले जानकारी दिनुभयो । शौचालयको शनिबार उद्घाटन गरिएको हो ।

संघका अध्यक्ष प्रेमनाथ योगीको अध्यक्षता तथा वडा नम्बर १९ का अध्यक्ष रामबहादुर योगीको प्रमुख आतिथ्यतामा शौचालयको उद्घाटन भएको हो । प्रमुख अतिथि वडा अध्यक्ष योगिले स्थानीय सरकारले सार्वजनिक शौचालय निर्माणले पूणर्ता पाएपछि बिजौरी बजार थप परिस्कृत भएको बताउनुभयो । साथै यस क्षेत्रको लागि वजारलाई व्यवस्थित वनाउनका लागि सार्वजनिक शौचालयले थप मद्दत पुगेको वताउनु भयो ।

त्यस अवसरमा बेलझुण्डी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष प्रदिप गौतम, साक्षी खबरका प्रधान सम्पादक सुनिलकुमार पोखरेल, जनता विद्यापिठ बिजौरीका का प्राचार्य योगराज शर्मा, नेपाल रेडक्रस विजौरी उपशाखा सभापति केशव कुमार शर्मा, प्रादेशिक आयुर्वेद विजौरीका निमित्त निर्देशक डा. गोकर्ण दाहाल, त्यसैगरि बिजौरी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष मुकेश वली, संघका पूर्व अध्यक्ष कमानसिंह खड्का, नेकपा प्रदेश कमिटी सदस्य रामबहादुर दहित, संघका संस्थापक उपाध्यक्ष पुष्पा डाँगी लगायतले शौचालय निर्माणमा सहयोग गर्ने स्थानीय सरकार र विभिन्न संघ संस्थालाई धन्यवाद दिदैँ सार्वजनिक शौचालय निर्माणपछि बिजौरीको प्रतिष्ठा बढेको बताउनभयो ।

संघका सदस्य शिवराज खत्रीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण संघका सचिव यज्ञ वहादुर पुन र सदस्य प्रेम बिकले गर्नुभएको संघका प्रेस सल्लाहकार राकेश बस्नेतले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार