भोली शनिबार बैंकहरु खोल्न राष्ट्र बैंकको निर्देशन

पुष २४, २०७७  |  १४७ पटक पढिएको

२४ पुस, काठमाडौं ।

नेपाल राष्ट्र बैंकले भोली (पुस २५ गते) शनिबार पनि बैंक खोल्न निर्देशन दिएको छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका नाममा सूचना जारी गर्दै भोली शनिबार राष्ट्र बैंक लगायत राजश्व कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाका सम्पूर्ण शाखाहरु खुला गरी पूर्णकालीनरुपमा नै राजश्व संकलन गर्न निर्देशन दिएको हो ।

त्यस्तै राष्ट्र बैंकले भोलि सरकारको राजश्व संकलनका लागि आरटिजीएस प्रणाली समेत ‘नर्मल विजनेश डे’ सञ्चालन हुने जनाएको छ ।

शनिबार(भोलि( दिन बैंक तथा वित्तीय संस्थाहरु मात्रै होइन, करदाता सेवा कार्यलय, भन्सार कार्यालयहरु तथा आन्तरिक राजस्व कार्यालयहरु पनि सञ्चालन हुने राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस