तोलामा १३ सय रुपैयाँले घट्यो सुन

पुष २३, २०७७  |  ८० पटक पढिएको

२३ पुस, काठमाडौँ ।

नेपालीमा बिहिबार सुनको भाउ प्रतितोला तोलामा १३ सय रुपैयाँ घटेको छ ।

बुधबार ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ घटेर बिहिबार ९५ हजार ४ सयमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी बिहीबारका लागि तेजाबी सुनको प्रतितोला भाउ ९४ हजार ९ सय रुपैयाँमा झरेको महासंघले जनाएको छ । यस्तै बुधबारको तुलनामा बिहिबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले सस्तीएको छ ।

बुधबार प्रतितोला १३ सय ४० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ बिहिबार १३ सय ३० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस