गीतकार लोकराजको ‘हेप्नी’ शुक्रबार सार्वजनिक हुँदै

पुष १९, २०७७  |  १३८ पटक पढिएको

१९ पुस, दाङ ।

नेपाली गीतकार लोकराज अधिकारीको शब्द रहेको ‘हेप्नी’ बोलको नयाँ गीत शुक्रबार सार्वजनिक हुने भएको छ ।

योगेश काजीको संगीत र एरेन्ज रहेको अडियोमा योगेश र एलिना चौहानको स्वरमा रहेको गीतको म्युजिक भिडियो शुक्रबार रिलिज गर्ने तयारी भएको गीतकार अधिकारीले जानकारी दिएका छन ।

उक्त म्युजिक भिडियोमा बर्षा सिवाकोटी, नबराज न्यौपाने, शिबहरी बैरागी, रश्मि भट्ट, योगेश काजी, मनिषा सिलवाललगायतको अभिनय देख्न सकिन्छ । अजय रेग्मीले खिचेको भिडियोलाई सम्पादन र निर्देशन क्रान्ति केसीले गरेका हुन्।

वाइटिच युट्युब च्यानलबाट रिलिज हुने भिडियोको निर्माण नबराज न्यौपानेले गरेका छन् । सामाजिक सञ्जालको प्रयोग र प्रेममा हुने द्वन्दलाई शब्दमा उतारेका गीतकार लोकराज अधिकारीले रमाइलो अडियो भिडियो दुबैले दर्शक श्रोताको मन जित्ने बिश्वास गरेका छन ।

अधिकारीले केही साता पहिले आफ्नो च्यानलबाट ‘क्या बात’ बोलको गीत सार्बजनिक गरेका थिए ।

प्रतिक्रिया दिनुहोस