कर्णालीलाई हराउँदै लुम्बिनीको दोस्रो जीत

पुष १२, २०७७  | १३६ पटक पढिएको

१२ पुस, दाङ ।

दाङको लमहीस्थित देउखुरी क्रिकेट मैदानमा भईरहेको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले लगातार दोस्रो जीत प्राप्त गरेको छ ।

आइतबार भएको खेलमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशमाथि नौ विकेटको विजय हासिल गरेको हो ।

टस जितेर ब्याटिङ थालेको कर्णाली प्रदेशले निर्धारित १३ ओभरमा ६ विकेट गुमाएर ३४ रन मात्र जोड्न सक्यो ।

३५ रनको लक्ष्य लुम्बिनीले ३.१ ओभरमा एक विकेट गुमाएर पूरा गर्‍यो । लगातार दोस्रो जितसँगै लुम्बिनी समूह ‘ए’ को शीर्ष स्थानमा छ । कर्णाली प्रदेशले भने अंक जोड्न सकेको छैन ।

यसअघि शनिबार भएको प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनीले विजयी सुरुवात गर्ने क्रममा प्रदेश २ लाई ९ विकेटले पराजित गरेको थियो ।

खेलमा ७८ रनको सामान्य लक्ष्य लुम्बिनीले १६।१ ओभरमा मात्र १ विकेट गुमाएर भेट्टाएको थियो ।

प्रतिक्रिया दिनुहोस