बलिउड गायिका नेहा कक्कड आमा बन्दै

पुष ०३, २०७७  |  १४१ पटक पढिएको

०३ पुस काठमाडौं ।

अक्टुबर २४ मा प्रेमी रोहन प्रीत सिंहसँग बिहे बन्धनमा बाँधिएकी बलिउडकी हिट गायिका नेहा कक्कड आमा बन्ने भएकी छिन् ।

सामाजिक संजालमा उनले तस्वीर शेयर गर्दै आफू आमा बन्न लागेको संकेत गरेकी छिन् । उनको तस्विर अहिले भाइरल भइरहेको छ ।

एक तस्वीर सार्वजनिक गर्दै नेहाले भनेकी छिन्, ‘अब मेरो ख्याल राख ।’ रोहनले पनि नेहासँगको तस्वीर शेयर गरेका छन् । त्यहाँ उनले नेहाको धेरै ख्याल राख्नुपर्ने भनेका छन् ।

नेहाको तस्विर सार्वजनिक भएसँगै उनका नजिकका साथिभाई, आफ्ना आफन्त, फ्यान तथा चिकित्सिकहरुले बधाईको ओइरो लागेको छ ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार