‘कमेडी च्याम्पियन सिजन–२’ माघबाट सुरु

पुष ०२, २०७७  |  १२३ पटक पढिएको

०२ पुस काठमाडौं

स्ट्याण्ड–अप कमेडीमा आधारित रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन–२’ आउँदो माघबाट प्रसारणमा आउने भएको छ । यो रियालिटी शोका निर्देशक विशाल भण्डारी रहेका छन् ।

यो शोको अहिले अडिसन चरणको छायाँङ्कन सुरु भएको छ । कार्यक्रममा सहभागिता जनाउनका लागि ६ हजार भन्दा बढी सहभागीले अनलाइनमार्फत डिजिटल अडिसन दिएको निर्देशक भण्डारीले जानकारी दिए ।

डिजिटल अडिसनका लागि प्राप्त भिडियाको प्रारम्भिक मूल्यांकनपछि १ सय ८० जना प्रतिस्पर्धीहरुलाई सामाजिक दुरी पालना गर्दै भौतिक अडिसनका लागि बोलाइएको छ ।
पुस १ गते बुधबारदेखि सुरु भएको अडिसन शनिबारसम्म चल्नेछ ।

अघिल्लो सिजनकै निर्णायकहरु सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई तथा ऋचा शर्मा नै यो सिजनमा पनि निर्णायकको रुपमा रहेका छन् ।

केकी अधिकारी निर्माता रहेको यो कार्यक्रम रीमा विश्वकर्मा होस्ट रहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार