क्रिकेट खेलप्रति दाङका खेलाडीहरुको चासो

पुष ०२, २०७७  | १७९ पटक पढिएको

०२ पुस, बिजौरी

लामो समयदेखि कोरोना महामारी तथा आइसिसिको प्रतिबन्धका कारण प्रभावमा परेको क्रिकेट खेल र खेलाडीहरु पुरानै अवस्थामा फर्किन थालेका छन ।

सरकारले खेल क्षेत्र पनि खुल्ला गर्ने निर्णय गरेसंगै दाङमा क्रिकेट लगायतका खेल क्षेत्रले फड्को मार्दै गएको छ । घरमै खुम्चियर बसेका खेलाडीहरु बिस्तारै मैदानमा फर्किन थालेका छन् । क्रिकेट खेलप्रति चासो बढेसँगै जिल्ला स्तर तथा राष्ट्रिय स्तरमा आयोजना हुने खेलले पनि खेलाडीमा उत्साह थपेको छ ।

दाङमा अहिले जिल्ला स्तरको फुटबल प्रतियोगिता पनि भैरहेको छ । यहि पौष ११ गतदेखि दाङको लमहीमा हुने प्रधानमन्त्री महिला क्रिकेट प्रतियोगिताका लागि दाङको महिला क्रिकेट टिम पनि घोषणा भएको छ । अहिले ती महिला खेलाडीहरुलाई आवश्यक पर्ने खेल सामग्री सहित बन्द प्रशिक्षण पनि दिइएको छ ।

खेलमा सहभागी हुनको लागि तयारी अवस्थामा खेलाडीहरु पनि मैदानमा देखिन्छन । उनीहरु क्रिकेट खेलको लागि अभ्यासमै ब्यस्त देखिन्छन । दाङमा पछिल्लो समय क्रिकेट खेलका गतिबिधिमा निकै अगाडि बढेको र दाङका क्रिकेट खेलाडीहरु पनि क्रिकेट संघको राम्रो साथ पाएको बताउँछन् ।

साथै उनीहरुले दाङ क्रिकेट संघले मात्र नभएर सरकारले पनि क्रिकेट खेलमा अझै लगानी बढाएर लैजानुपर्ने खेलाडीहरुको भनाई छ । आर्थिकरुपमा विपन्न तथा पिछडिएका खेलाडीहरुलाई पनि प्रोत्साहन गर्दै अघि लैजाने हो भने दाङको क्रिकेट खेल अन्तर्राष्ट्रिय स्तरमा दाङलाई चिनाउन सकिने बताउँछन् ।

दाङमा कुनै बेला क्रिकेट खेल निकै पछाडि परेको अनुभव सुनाउदै दाङ क्रिकेट संघका अध्यक्ष प्रदिप मज्गैँयाले अहिले क्रिकेट क्षेत्रमा धेरै बिकास भएको बताउँछन् ।

दुई ओटा राष्ट्रिय स्तरका रंगशाला निर्माण गरी खेलाडीहरुलाई दैनिक रुपमा प्रशिक्षण दिंदै आएको बताए । कार्यालय पनि स्थापना गरी अफिसियल काम पनि सुरु गरेको बताए । तर यति मात्र नभएर सरकारले क्रिकेटको लागि आवश्यक पर्ने विभिन्न किसिमका प्याकेजहरु ल्याउनुपर्ने दाङ क्रिकेट संघको माग छ ।

यहि पौष ११ गते दाङको लमही क्रिकेट मैदानमा हुने प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको व्यवस्थापनको जिम्मा पनि दाङ क्रिकेट संघले लिएको छ ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार