लुम्बिनी प्रदेशमा गत वर्षभन्दा घरेलु हिंसामा कमी

मंसिर १९, २०७७  |  १४४ पटक पढिएको

१९ मंसिर तुलसीपुर/

लुम्बिनी प्रदेश कार्यालय दाङले विहीबार पत्रकार सम्मेलन गरी प्रदेशका १२ जिल्लामा ८ सय २३ घरेलु हिंसा भएको जनाएको छ ।

विगतका बर्षहरुभन्दा यस वर्ष हिंसाका घटनाहरुमा कमी आएको प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी बरिष्ठ उपरीक्षक राजकुमार बैदवारले जानकारी बताए ।

प्रदेश कार्यालय दाङले १२ जिल्ला र ५३ ईलाका प्रहरी कार्यालय गरि ६५ प्रहरी ईकाइहरुबाट सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिरहेको समेत बैलवारले जानकारी दिए ।

सो अवसरमा लुम्बिनी प्रदेशमा भएका महिला हिंसाका घटना दर्ताको सम्बन्धमा समेत जानकारी गराइएको थियो । यस्तै प्रदेश प्रहरी कार्यालयले पहाडी जिल्लामा सवारी दुर्घटना न्युनीकरणका लागि चालकसंग कुराकानी अभियान पनि सुरु गरेको छ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले प्रदेशका १२ वटै जिल्लामा यो कार्यक्रम सञ्चालन गरेको जनाएको छ । मंसिर १४ गतेदेखि यो अभियान सुरु भएको प्रहरी बरिष्ठ उपरीक्षक वैदवारले बताए साथै यो अभियान १५ दिनसम्म सञ्चालन गरिने बैदवारले बताए ।

प्रहरी बरिष्ठ उपरीक्षक बैदवारकाअनुसार घरेलु हिंसामा सबैभन्दा बढी कृषि क्षेत्रमा आश्रय रहेका परिवारमा हुने गरेको पाईएको छ । महिला हिंसामा दुईसय ४९ जना महिला अभियुक्त छन्, भने ६ सय ९६ पुरुष अभियुक्त रेहको उनले बताए ।

साथै सबैभन्दा धेरै जबरजस्ती करणीका एकसय ५५, जबरजस्ती करणी उद्योगका ५१, बहुविवाहका ४४, वाल विवाहका ४, बोक्सीकोआरोपमा ६, जातीय छुवाछुतका तीन वटा, अप्राकृतिक मैथुन ३, बालयौन दुराचारका १०, अवैद्य गर्भपतनका २, मानव वेचविखनका ६ वटा, घरेलु हिंसा मुद्दा दर्ता १ वटा दर्ता भएका छन् ।

https://photos.google.com/u/2/photo/AF1QipMM9Nnl7nt4yDUtNpasAg4TMsGtP-x8OJ6fcImT

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार