चिडियाखानामा चराले मान्छेलाई गाली गर्न थालेपछि‘

असोज १५, २०७७  |  २६९ पटक पढिएको

१५ असोज, काठमाडौं / आगन्तुकलाई गाली गर्न थालेपछि एउटा चिडियाखानाबाट पाँचवटा सुगालाई त्यहाँबाट हटाइएको छ ।

गत अगस्टमा फ्रिस्कनीस्थित लिङ्कनशर वाइल्डलाइफ पार्कले ल्याएर ती खैरा अफ्रिकन सुगालाई क्वारन्टीनमा राखिएको थियो ।

तर पछि मुख्य पक्षीशालामा सारिएपछि ती सुगाहरूले पखेटा फट्कार्दै आफूलाई मन लागेको भाषामा गाली गर्न थालेका थिए ।

अहिले ती सुगालाई उनीहरूले बोलेको सजिलै सुन्न नसकिने स्थानमा सारिएको छ ।

जेस न्यूटनले ती चराहरू ल्याइएपछि उनीहरूसँग काम गर्न निकै रोमाञ्चक रहेको बताइन् ।

यद्यपि उनलाई ती चराले व्यवहार परिवर्तन गर्लान् कि भन्ने लागेको थियो । उक्त पार्कका प्रमुख कार्यकारी स्टीभ निकोल्स दुःख व्यक्त गर्दै योजनाअनुसार नभएको बताउँछन् ।

उनी भन्छन्, ‘ती सुगाहरू प्रतिक्रिया व्यक्त गर्ने गाली गर्ने गर्छन् र यदि मानिसहरू तर्सिए वा हाँसे भने अझ त्यस्तै गर्न उनीहरू उत्साहित हुन्छन् ।’ ‘पाँचमध्ये एउटाले वाचा गर्थ्यो अनि अरू हाँस्थे र यो क्रम चलिरहन्थ्यो ।’

केही आगन्तुकले त्यसलाई रमाइलो माने पनि सप्ताहान्तमा बालबालिकाले पार्कको भ्रमण गर्ने भएकाले त्यहाँबाट ती चराहरू हटाउने निर्णय गरेको उनले बताए ।

‘भित्र उनीहरूले फरक शब्दहरू सिक्लान् भन्ने अपेक्षा गरेका छौँ ।’ ‘तर यदि उनीहरूले अन्य चरालाई पनि खराब शब्द सिकाए भने त्यस्ता चराको सङ्ख्या २५० पुग्छ । अनि हामी के गर्छौँ भन्ने मलाई थाहा छैन ।’

तर उक्त पार्कमा यस्तो तरङ्ग उत्पन्न गराउने चराहरू पहिला पनि थिए । यो वर्षको आरम्भमा चिको नामक एउटा सुगा सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

त्यसले अमेरिकी गायिका बियोन्सेको ‘इफ आई वेअर अ ब्वाई’ भन्ने गीत गाउँथ्यो । अहिले उसको आफ्नै इन्टाग्राम पेज पनि छ । साभार बिबिसिबाट

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार