फेरि आए कमल गाउले ‘के के हुने हो’ भन्दै (हेर्नुहोस् भिडियो सहित !)

साउन ०९, २०७७  | ११०४ पटक पढिएको

९ साउन, दाङ / चर्चित दङ्गाली हाँस्यव्यंग्य कलाकार कमल गाउलेको २० औं गाइजात्रा के के हुने हो (K K Hune ho) बिहिबार सार्वजनिक गरिएको छ ।

पत्रकार महासंघ घोराहीमा एक कार्यक्रमकाबिच नयाँ गाइजात्रालाई कमल गाउलेको आधिकारिक युट्युव मार्फत सार्वजनिक गरिएको हो ।

कार्यक्रममा बोल्दै गाइजात्राका निर्माता तथा कार्यक्रमका सभापति कमल गाउलेले आफू २०औं वर्ष पहिलेदेखि समसामयिक विषयवस्तुमा हरेक गाइजात्रामा व्यंग्य गर्दै आइरहेको र यसपटक पनि भ्रष्टाचार र बेथितिलाई विशेष व्यंग्य गरेर यो गाइजात्रा तयार पारेको बताए ।

त्यस्तै गाइजात्रालाई हेरिसकेपछी अन्त्यमा प्रतिक्रिया दिदै कार्यक्रमका प्रमुख अतिथि तथा वरिष्ठ पत्रकार नारायण प्रसाद शर्माले गाइजात्रा एकदमै उत्कृष्ट भएको र समसामयिक विषयलाई टपक्क टिपेर गाइजात्रा बनाएकोमा कमल गाउलेलाई धन्यवाद दिदै बधाई ज्ञापन गरे ।

देशमा बेथिति र भ्रष्टाचार बढेको बताउँदै यस्ता लेख रचनाले मात्रै नभएर अन्य माध्यमबाट पनि युवावर्गहरुले बेथिति विरुद्ध आवाज उठाउनपर्ने शर्माले बताए । कमल गाउलेको सभापतित्व रहेको कार्यक्रममा नारायण प्रसाद शर्मा प्रमुख अतिथी रहेका थिए ।

अतिथिहरुमा पत्रकार महासंघका अध्यक्ष सविन प्रीयासन, एओन टेलिभिजनका प्रवन्ध निर्देशक अमृतमान वली, जेसिज घोराहीका उपाध्यक्ष जगत जिएम, वरिष्ठ पत्रकार सुशील गौतम लगायतका पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण पत्रकार निमु संगम घर्तिले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस