२०७९ माघ २४, मंगलबार

टोल विकास संस्थाद्वारा ब्लड क्यान्सर पीडित केसीलाई सहयोग

चैत्र ०६, २०७५  | ८४९ पटक पढिएको

यमकला भुसाल
६ चैत्र, तुलसीपुर (दाङ) / दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ प्रसेनी निवासी ब्लड क्यान्सर पीडित धनराम केसीको उपचारका लागी सुन्दर बस्ती टोल विकास संस्थाले आर्थिक रकम सहयोग गरेको छ ।

मंगलवार पीडित केसीको घरमा गई टोल विकास संस्थाका अध्यक्ष, सचिव लगायतको टोलीले २० वर्षीय केसीको उपचारमा सहयोग पुगोस् भनी ६६ हजार नौ सय ८५ रुपैया आर्थिक रकम हस्तान्तरण गरेको हो । गत मंसिर महिना देखि ब्लड क्यान्सर पीडित भएका केसीको हाल भारतको राजीव गान्धी क्यान्सर अस्पतालमा उपचार भैरहेको पीडितका बुबा परशुराम केसीले जानकारी दिनुभयो ।

छोराको उपचारका लागी अहिले सम्म २१ लाख भारु रकम खर्च गरिसक्यौ, अझै ५० लाख भारु भन्दा धेरै रकम लाग्ने डाक्टरको भनाई छ,उहाँले भन्नुभयो । उहाँले छोराको उपचारका लागी आर्थिक रकम अभाव भएकाले सहयोगका लागी अपिल समेत गर्नुभएको छ ।

साथै पीडित केसीको उपचारका लागी सहयोग गर्न चाहने व्यक्तिले नेपाल एसबिआई बैक लिमिटेड घोराहीको खाता नं २०६१५२४०७००५७६,एमेरेष्ट बैकं लिमीटेड तुलसीपुरको खाता नं ०३३००५१८२००२२३ र ९८४७८५२९७५ मा सम्पर्क गर्न अनुरोध गरिएको छ । ब्लड क्यान्सर पीडित धनराम केसी काठमाडौमा बसेर अध्यन गर्दे आउनुभएको थियो ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस