थारु लोक संस्कृतिविद् अशोक थारु राष्ट्रपतिद्वारा सम्मानित

मंसिर २४, २०७६  |  ११६ पटक पढिएको  |   साक्षी खबर

– दिप्तीशिखा चौधरी
२४ मंसिर, काठमाडौँ / थारु लोक संस्कृतिविद् अशोक थारु नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कारबाट सम्मानित भएका छन् । राष्ट्रपति भवन शितल निवास काठमाडौँमा भएको नेपाल प्रज्ञा प्रतिष्ठान बाट आयोजित प्रज्ञा पुरस्कार तथा राष्ट्रिय कविता महोत्सव पुरस्कार समर्पण समारोहका अवसरमा थारुलाई सम्मान गरिएको हो ।

नेपालको तराई मधेश क्षेत्रमा बोलिने थारु मातृभाषा साहित्यको समृद्धिमा लामो समय देखि पुर्याउानु भएको योगदानको कदर गर्दै एक लाख नगद सहित दोसल्लसा ओढाएर सम्मान गरिएको हो ।

राष्ट्रपती विद्यादेवी भण्डारी, नेपाल एकाडेमीका कुलपति गंगाप्रसाद उप्रेती, उपकुलपति डा. जगमान गुरुङले पुरस्कार प्रदान प्रदान गरेका थिए ।

थारुले थारु लोकसाहित्य महाकाव्य बर्किमार (नेपाली र थारु भायामा), थारु लोक साहितयमा इतिहास कला र दर्शन, थारु संस्कृति अन्तर्गतका लोककलाहरुको शास्त्रीय पहिचान र विश्लेषण, पश्चिमाञ्चलका थारु सामाजिक संस्कार, बर्का नाच अ फोलकर भिजन अफ द महाबेहगरा (अंग्रजी भाषामा) लगायतका एक दर्जन भन्दा बढि थारु लोक साहित्यका कृतिहरु प्रकाशित भएका छन् ।

थारु लोकसंस्कृतिविद थारुको लोक संस्कृतिमा कलम चलाएको दुई दशक भन्दा बढि भईसकेको छ । उनीको सिंगो जीवन नै थारु लोक संस्कृतिको खोज कार्यमा समर्पित छ । कार्यक्रममा एक दर्जन बढि लोककला कर्मीलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार